समाचार

मनकारी शिवाकोटी , मजदुरका लागी एक लाख सहयोग सरकारी खातामा ।

नायिका बर्षा सिवाकोटीले प्रधानमन्त्री राहत कोषमा एक लाख सहयोग गर्ने घोषणा गरेकी छिन् । आइतबार फेसबुकमा एउटा भिडियो पोस्ट गर्दै बर्षाले उक्त कोषमा एक लाख सहयोग गर्ने घोषणा गरेकी हुन् । यतिबेला कोरोना संक्रमणले नेपालसँगै विश्व लक डाउनको अवस्थामा छ ।देश लकडाउन भएको आज छैठौ दिन, आजको दिन सम्म देश भित्र यो भयानक रोग कोरोना भाइरसले कसैको ज्यान लिएको छैन, म भगवानसँग यही प्राथना गर्दछु कि हाम्रो देश, हामी नेपाली कसैलाई केहि नहोस् !

सुरक्षित हुन गरिएको यो लकडाउनले पक्कै पनि हामी नेपाली लाई असर परेको छ तर पनि बिसेश गरेर दिनरात मजदुर गरेर जिबिका पार्जन गर्नु हुने हाम्रा दाजुभाई दिदीबहिनीलाई यो अवस्थामा निकै गाह्रो परेको छ, सरकारले उहाँहरुको लागी जती सक्दो चाँडो राहतको व्यवस्था गर्नु हुनेछ भन्ने आशा गरौं । उस्को लागी मेरो व्यक्तिगत तर्फबाट नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा रु १००००० (एक लाख) जम्मा गर्न चाहन्छु । र मेरो इच्छा यो पैसा ति हाम्रा दाजुभाइ दिदीबहिनीमा जाओस्, । जस्ले दैनिक काम गरेर जिवन गुजारा गर्नु हुन्छ !’ बर्षाको भनाई छ ।यसअघि गायक तथा फिल्म परदेशी २ का नायक प्रकाश सपुतले २ लाख र निर्माता अर्जुन कुमारले पचास हजार राहत कोषलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

Related Articles

Back to top button
Close