Friday, February 28

काठमाण्डाैमा गर्मी बढ्दै : शुक्रबारभन्दा आज चार डिग्री सेल्सियसले बढ्याे

February 15, 2020 100

काठमाण्डाै – काठमाण्डाैको आज बिहानको तापक्रम हिजो शुक्रबारको भन्दा ४ डिग्री सेल्सियसले बढेको छ ।

शुक्रबार न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डाैको आज बिहानको तापक्रम १० डिग्री सेल्सियस पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काठमाण्डाैको आज दिउँसोको तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने छ ।

राति बादल लागेकाले बिहानको तापक्रम बढेको मौसमविद्काे भनाइ छ । सामान्यतया राति बादल लाग्दा बिहानको तापक्रम बढ्ने र राति आकाश खुल्ला भए बिहानको तापक्रम घट्ने गर्छ ।

आज शनिबार काठमाण्डाैसहित पहाडी क्षेत्रको मौसम बदली हुने सम्भावना रहेको तर पानी भने कतै पनि नपर्ने मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो ।अरु ठाउँको मौसम भने सफा नै हुनेछ ।

पहाडी क्षेत्रको मौसम बदली भएपछि चिसो महसुस हुनेछ । पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नभएकाले आज, भोलि आइतबार र पर्सि साेमबार कतै पनि पानी नपर्ने मौसमविद् पोख्रेलको भनाइ छ ।

Loading...

प्रतिकृया दिनुहोस्