समाचार

आयल निगमले घटायो पेट्रोल, डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर १०–१० रुपैयाँ

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०–१० रुपैयाँका दरले घटाएको जानकारी दिएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेसँगै नेपालमा पनि मुल्य समायोजन गरिएको निगमले जनाएको छ ।नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले १०–१० रुपैयाँ घटाउने निर्णय गरेको हो । अब पेट्रोल ९६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ८५ रुपैयाँ प्रतिलिटर भएको छ

Related Articles

Back to top button
Close