खेलकुद

बालोन डि‘ओरका दाबेदार डाइकले छाने टप-५ खेलाडी, मेस्सी परे रोनाल्डो परेनन्

एक अन्तर्वार्ताका क्रममा ‘ड्रिम टिम’ छानेका हुन् ।

भान डाइकलाई आफूसहित उत्कृष्ट पाँच खेलाडी छान्न भनिएको थियो ।

उनले उत्कृष्ट पाँच खेलाडीमा अर्जेन्टिनी लिओनल मेस्सीको नाम लिँदा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाम भने लिएनन् ।

भान डाइकले गोलकिपरतर्फ लिभरपुलकै ब्राजिलियन एलिसन बेकर छान्दा डिफेन्डरमा आफैंलाइ राखे ।

त्यसैगरी, मिडफिल्डमा लिभरपुल तथा राष्ट्रिय टोलीका सहकर्मी जर्जिनियो विज्नाल्डुमको नाम लिँदा स्पेनिस बार्सिलोना तथा राष्ट्रिय टोलीका सहकर्मी फ्रेन्की डे जोङको नाम लिए ।

भान डाइकले फरवार्ड लाइनमा भने बार्सिलोनाका मेस्सीको नाम एक मात्रै फरवार्डका रूपमा लिए । यस वर्ष भान डाइकसँगै मेस्सी र रोनाल्डोलाई बालोन डि‘ओरका लागि प्रमुख उपाधि दाबेदार मानिएको छ ।

Related Articles

Back to top button
Close