समाचार

आज नायिका रेखा थापाको जन्मदिन|| हेर्नुस् रेखाको वास्तविक उमेर कति?

काठमाडौं / नायिका रेखा थापाको आज जन्मदिन । १९८२ अगस्ट २१ तारिखका दिन उनको जन्म मोरङको सलकपुरमा भएको थियो । यस आधारमा आज उनी आफ्नो ३७औं जन्मदिन मनाउँदैछिन् ।रेखा थापा नेपाली चलचित्र क्षेत्रकी एक चर्चित अभिनेत्री र तथा निर्मात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दसमा पर्न सफल भएकी थिइन् ।

२००१ मा उनी छविराज ओझाले निर्माण गरेको चलचित्र ‘हिरो’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी हुन् । त्यसयता उनले पछाडि फर्केर हेर्नुपरेको छैन ।

रेखाले हालसम्म २०० भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेकी छन् । नेपाली चलचित्र क्षेत्रका अधिकांश अभिनेतासँग जोडी बाँधेर अभिनय गर्नेमा रेखा पहिलो नम्बरमा पर्छिन् । रेखाले अभिनय गरेका अधिकांश चलचित्र सफल भएका छन् ।

सन् २०१० र २०११ मा रेखाले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । पछिल्लो समय उनले ‘काली’ र ‘हिम्मतवाली’, ‘रामप्यारी’ लगायतका चलचित्र निर्माण र निर्देशनसमेत गरेकी थिइन् ।

Related Articles

Back to top button