समाचार

रवि लामिछानेले पत्ता लगाउँने भए निर्मलाको ह*त्यारा !

बाला*त्कार पछि ह*त्या गरिएकी कंचनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको ज्यान गएको १ बर्ष भैसक्यो तर अझै पनि दोषी पत्ता लाग्ने कुनै अत्तोपत्तो छैन ।

गृहमन्त्री रामबहादुर थापा बादल स्वयमंले यस्ता घटना घटिरहन्छन् , सामान्य कुरा हो भन्दै दोषीको मनोमल थप उच्च बनाउँने अभिव्यक्ति दिएका छन् । निर्मला प्रकरणको एक बर्ष भएपछि फेरी यो मुद्धा जोडतोडले उठेको छ । केहि दिन अघि मात्रै २४ टेलिभिजनको ‘जनतासँग सीधा कुरा जनतासँग’ कार्यक्रमको पछिल्लो अंकमा निलम्बित डिएसपी अंगुर जिसीको अन्तर्वार्ता चर्चिच संचारकर्मी लिएपछि निर्मला प्रकरण चर्चामा आएको छ ।

जोसीले आँसु झार्दै प्रमाण सहित दोषीको नामनै किटान गरेपछि अब दोषी पत्ता लाग्छ की भन्ने आशा पनि पलाएको छ । यो प्रकरणमा स्वयं गृहमन्त्री समेत पन्छीसकेको अवस्थामा चर्चित संचारकर्मी रवि लामिछानले दोषी पत्ता लगाएरै छोड्ने अठोटका साथ यसमा थप खोजीमा लागेका छन् ।

यसैविच संचारकर्मी रवि लामिछननेले अर्को एउटा एस्क्लुसिभ समाचार बाहिर ल्याएका छन् । केही समय अगाडी आफ्नो सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै लामिछानेले निर्मलाको ह*त्या भएको दिन दिलिप विष्टलाई त्यस ठाउँमा देख्ने मान्छेलाई कार्यक्रममा ल्याउँन लागेको बताएका छन् । रविको स्टाटस लगत्तै अब यो घटना थप पेचिलो बन्ने निश्चित भएको छ । रविले आफ्नो फेसबुकमा लेखेका छन् ।

“निर्मला पन्तको बलात्कार र ह*त्या भएको दिन दिलिप सिंह बिष्टलाई घटनास्थल नजिकै देख्ने साक्षी हाम्रो सम्पर्कमा आएकी छन्।मिडिया,विभिन्न अधिकारकर्मीको डरले आज सम्म चुप लागेर बसेकी उनी अब बोल्न चाहन्छिन। तर उनको सुरक्षा र गोपनियताको रक्षा हुने ग्यारेन्टी सरकारले गर्ने सर्तमा मात्र।बिस्तृत, आज राति ८:४५ बजे “रविले यस्तो लेखे पछि आजको सिधाकुरा जनतासँग कार्यक्रम बहुप्रतिक्षित बनेको छ । जुन अहिले न्युज २४ टेलिभिजन बाट प्रसारण भइरहेको छ ।

Related Articles

Back to top button