समाचार

कोरोना संक्रमित अंशु भन्छिन्– मलाई कुनै समस्या छैन

काठमाडौं, १९ चैत नेपालमा हालसम्म पाँच जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये पछिल्लो हुन् बाग्लुङकी अंशु सापकोटा ।
अन्य बिरामीको नाम गोप्य राखेपछि अंशुले मंगलबार आफैं सार्वजनिक गरेकी हुन् । सार्वजनिक हुँदा आफुसँग भेटेका अन्य व्यक्तिहरुलाई सतर्कता अपनाउन सहज हुने भएकाले आफुले परिचय खुलाएको उनले बताइन् ।

हाल द्यौलागिरी अञ्चल अस्पतालमा उनको उपचार भइरहेको छ । आफ्नो अवस्था सामान्य रहेको र कुनै समस्या नभएको उनले बताएकी छिन् ।
उनी गत ४ चैतमा बेल्जियमबाट आएकी थिइन् । त्यही क्रममा उनलाई संक्रमण भएको थियो । सुरुका केही दिन आफुले साथीहरुलाई भेटेको र आफु आएको विमानको अर्काे यात्रुमा संक्रमण भएको पाएपछि आफु घरमै बसेको उनले बताइन् ।

उनका बुबाले ऋषिराम सापकोटाले पनि घरमा कसैलाई पनि समस्या नदेखिएको बताएका छन् ।
अंशुको दोस्रो परीक्षणका लागि नुमना पठाइएको अस्पतालले जनाएको छ ।

Related Articles

Back to top button
Close