समाचार

चीनबाट कारोडौं खर्चिएर ल्याइएका समान नै नक्कली, प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयकै निर्देशन

काठमाडौं– बजार मूल्य भन्दा सात गुणासम्म बढी खर्चिएर ल्याएका सामाग्री नक्कली भेटिएका छन्। केही सामाग्री नक्कली पाइएपछि स्वास्थ्य मन्त्रालयले त्यस्ता सामग्री प्रयोग नगर्न निर्देशन दिएको छ ।सरकारले ओम्नी ग्रुपमार्फत किनेको र्यापिड डायग्नोष्टिक किट नै नक्कली भएको र त्यसलाई प्रयोगमा नल्याउन निर्देशन दिएको छ । सरकारले यो किट बजार मूल्य भन्दा चार गुणा बढी मूल्यमा खरिद गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले प्रतिकिट ८ डलरका हिसावले ७५ हजार थान किनेको थियो । त्यो सबै गुणस्तरहीन भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । त्यति सामान किन्न मात्रै ६ लाख डलर अर्थात ७ करोड रुपैयाँ खर्चिएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यो किटबाट गरिएको परीक्षण विश्वसनीय नभएकाले तत्काल प्रयोगमा नल्याइएको बताए । विश्व स्वास्थ्य संगठन र राष्ट्रिय प्रयोगशालाको मापदण्ड अनुसार नभएकाले ओम्नीसँग किनिएका किट प्रयोगमा नल्याएको उनले बताए ।उनका अनुसार अहिले चीनबाट आएका ७५ हजार थान किट गोदाममै थन्किएर बसेका छन्

Related Articles

Back to top button
Close