समाचार

कोरोना संक्रमित युवतीसँग कतार एयरवेजमा आएका सबैको पहिचान

काठमाडौंः सरकारले तदारुकता देखाउँदै कोरोना संक्रमित युवती चढेको कतार एयरवेजबाट नेपाल आएका सबै यात्रुको पहिचान गरेको छ ।

फ्रान्समा अध्ययन गर्ने युवती नेपाल फकेर्एपछि हिजोमात्रै कोरोना संक्रमित भएको पुष्टि भएको थियो ।

ती युवती संक्रमित भएको थाहा भएपछि सरकारले उनीसँगै कतार एयरवेजमा नेपाल फर्किएका अन्य यात्रुको खोजी शुरु गरेको थियो ।

२४ घण्टा नबित्दै स्वास्थ्य मन्त्रालयले एक पत्रकार सम्मेलन गर्दै कोरोना भाइरस पोजेटिभ रहेकी महिला आएको जहाजमा रहेका सबैको पहिचान भएको बताएका छन् ।

यसका साथै संक्रमित महिलासँग घरमा रहदा सम्पर्कमा रहने सबैलाई क्वारेन्टाइनमा पठाइसकेको समेत उनले बताए । जहाजमासँगै आउने व्यक्तिहरुलाई भने सेल्फ क्वारेन्टाइनमा बस्न सजग गराइएको उनले जानकारी गराए ।

हालसम्म नेपालमा ६ सय १० वटा नमुना परीक्षण भएकोमा २ वटामा मात्र संक्रमण देखिएको छ । कोरोना संक्रमण भएको १ जना र आशंका गरिएका अन्य १५ जनासहित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा १६ जना बिरामी रहेको उनले बताए । त्यसमध्ये १० जना क्वारेन्टाइनमा छन् भने ५ जना आइसोलेसनमा रहेका छन् ।

यस्तै सरकारले यसअघि विदेशबाट आएका वा तीनका नजिकका व्यक्तिहरुको मात्र परीक्षण हुने गरेकोमा त्यसको दायरा बढाई संक्रमणको लक्षण मिलेका ६० वर्ष उमेर नाघेका बिरामी, स्वास्थ्यकर्मिहरु, दीर्घरोगिहरु र सघन उपचार कक्षमा रहेकामा फ्ल्लुको लक्षण देखिएका बिरामीको समेत नमुना संकलन गरी परीक्षण सुरु गरेको छ ।

त्यस्तै अन्य अस्पतालहरुमा कोरोना संक्रमणसँग मिल्दो लक्षण देखिएका विरामी आएमा फिभर क्लिनिक सञ्चालन गरी अस्पतालले आइसोलेसनमा राख्नु पर्ने र कोरोना परीक्षाणका लागि नमुना पठाउनुपर्ने व्यवस्था गरिएको समेत देवकोटाले बताए । उनले विरामीलाई रिफर नगरीकन नमुना पठाउन मात्र अनुरोध गरिएको बताए ।

विदेशबाट आएकाहरु सेल्फ क्वारेन्टाइनमा नबसी आफुखुसी बस्न थालेकाले देशभर लकडाउन गर्नुपरेको समेत उनको भनाइ छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखामा अहिलेसम्म रहेका स्वास्थ्य सामग्रीहरुमा पिपिइ सेट ३ सय ५८ वटा, गाउन १ हजार ४ सय ५६, फेस मास्क १ हजार ५ सय ७८, सेनिटाइजर ७७, पन्जा १ हजार ५ सय ९३, एन ९५ मास्क २४, चस्मा ४ सय ८०, आइआर थर्मोमिटर ४, सुकभर १ हजार १ सय ६२ र फेस फिल्ड २ सय ३५ वटा छन् ।

यसबाहेक विभिन्न संक्रमणको जोखिम रहेका क्षेत्रहरुमा वितरण गर्न राखिएको फेस मास्क २ लाख ७२ हजार ४ सय २० वटा रहेको छ ।

Related Articles

Back to top button
Close