समाचार

अपडेट : झापामा ५ तले व्यापारिक भवनमा लागेको आगो नियन्त्रणमा आयो

विर्तामोड बिर्तामोडको हनूमान सेन्ट्रलमा शनिवार सॉझ भएको आगलागी नियन्त्रणमा आएको छ । हनुमान सेन्ट्रलको भुइतलामा दिनेश पाठकले सञ्चालन गरेको जुत्ता पसल र सामसूङ मोवाइलको डिलरमा भएको आगलागी लगभग एक घण्टापछि नियन्त्रणमा आएको हो ।

प्रहरी, स्थानीयवासी, मेचीनगर र बिर्तामोडको दमकलले आगलागी नियन्त्रणमा लिएको हो । आगजनीबाट जुत्ता पसल पुर्णरुपमा क्षति भएको र मोवाइल पसलमा आंशिक क्षति भएको बिर्तामोड प्रहरीकाले जानकारी दिए । प्रहरी, स्थानीयवासी र दमकलको सक्रियताका कारण आगो अन्यस्थानमा फैलिन नपाएको उनले बताए । आगजनी नियन्त्रण गर्ने क्रममा अन्य पसमा पनि क्षति पुगेको बताइएको छ । बिद्युत सट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको छ ।

Related Articles

Back to top button
Close