समाचार

हिमेस पन्तले पाए यस्तो गाडी , कति पर्छ मूल्य हेर्नुहोस् ।

काठमाडौं / नेपालकै पहिलो स्ट्यान्डअप कमेडी रियालिटी शो “कमेडी च्याम्पियन” को उपाधी धादिङका हिमेस पन्तले जितेका हुन् । गत शनिबार च्यासल स्थित कमेडी च्याम्पियनकै स्टुडियोबाट बिजेता घोषणा गरिएको हो । फाइनलमा पुगेका ३ प्रतिस्पर्धि मध्य सर्वाधिक भोट ल्याउदै पन्तले उपाधी चुमेका हुन् । हिमेस पन्त सँगै इटहरीका सुमन कोइराला र रोल्पाका खड्ग बहादुर पुन फाइनलमा पुगेका थिए ।

नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्तलाई ड्याटसन रेडी गो १.० एल गाडी हस्तान्तरण गरेको छ ।

पायोनियर मोटोकर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले २०७६ चैत १ गते ललितपुर च्यासलस्थित स्टुडियोमा सम्पन्न कमेडी च्याम्पियनको ग्रान्ड फिनालेमा ड्याटसन रेडी गो १.० एल गाडीको साँचो हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रम कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो । ड्याटसन रेडी गो १.० एल नेपाली बजारमा उपलब्ध इन्ट्री लेभलको गाडी हो । यसमा १.० लिटरको इन्टेलिजेन्ट इन्जिन रहेको छ ।

यसमा क्विक कुल एसी, डे टाइम रनिङ लाइट, १८५ एमएमको ग्राउन्ड क्लियरेन्स, ईएएस अर्थात इनर्जी एब्जर्बिङ स्टेयरिङ र एयरब्याग, सेन्ट्रल लकिङ सिष्टम र रिमोट कि आदि सुविधा उपलब्ध छन् । हाल ड्याटसनको यो गाडीको मूल्य २१ लाख ९९ हजार रुपैयाँ छ ।

Related Articles

Back to top button
Close