Friday, February 28

हृदयाघातबाट समाजवादीका केन्द्रीय सदस्य लामिछानेको मृत्यु

January 10, 2020 191

पर्वत : संघीय समाजवादी पार्टीका केन्द्रीय सदस्य महेन्द्रजंग लामिछानेको हृदयाघातका कारण मृत्यु भएको छ। पर्वतको मोदी गाउँपालिका-६ तिलाहार घर भई एक कार्यक्रममा सहभागी हुनका लागि काठमाडौं गएका बेलामा हृदयाघातका कारण लामिछानेको मृत्यु भएको हो।

राष्ट्रिय सहकारी महासंघको अधिवेशनमा भाग लिन काठमाडौं पुगेका लामिछाने कार्यक्रममा जाने क्रममा बीच बाटोमा नै हृदयाघात भएपछि उपचारका लागि सिभिल अस्पताल, बानेश्वर लगिएको थियो। अस्पतालले लामिछानेलाई तत्काल नै मृत घोषित गरेको थियो।

लामिछाने जिल्ला सहकारी संघ पर्वतको अध्यक्षसमेत हुन। उनी सामुदायिक वन उपभोक्ता महासंघ पर्वतमा पनि क्रियाशील रहेका थिए। लामिछाने तत्कालीन नेकपा (माओवादी)मा लामो समय भूमिगत रहेर सशस्त्र युद्धमा पनि सहभागी भएका थिए।

Loading...

प्रतिकृया दिनुहोस्