भिडियो

खबपूको समर्थकले हिमेश पन्तले कमेडी च्याम्पियन जित्दा सुरु गरे नाराबाजी (भिडियो)

कमेडी च्याम्पियनको पहिलो संस्करणको विजेता हिमेश पन्त भएका छन् । उनी बिजेता भएसंगै खड्ग बहादुर पुनका समर्थकहरुले कार्यक्रम बाहिर विरोधको नाराबाजी सुरु गर्न थालेका छन् । खड्ग बहादुर पुन मगरको समर्थकहरुले कार्यक्रमको बाहिर भोटिङ्गका अनुसार विजेता बनाइएन भन्दै नाराबाजी सुरु गरेका छन् । कमेडी च्याम्पियन मुर्दावाद भन्दै नाराबाजी लाउँदै धाँधली भएको जनाएका छन् ।

जातिवादको कुरा समेत उठाउँदै नाराबाजी लाएको पाईएको छ । बाहुन भएका कारण हिमेश पन्तलाई जिताईयो भन्ने जस्ता तर्क प्रस्तुत गर्दै खबपुका समर्थकहरुले भोटिङ्गका अनुसार विजेता नबनाएकोमा विरोध जनाएका हुन् । कमेडी च्याम्पियनको फिनालेमा हिमेश पन्तसंग खबपु र सुमन कोईरालाले प्रतिस्पर्धा गरेका थिए ।

भोटिङ्गकै आधारमा विजेता छानिने भनिएको कार्यक्रमको फ़र्माट अनुसार हिमेश पन्तलाई विजेता घोषणा गरिएको कार्यक्रम आयोजकहरुले जनाएका छन् । कार्यक्रमकै एक आयोजकले भने, “समर्थकहरुले विरोध गर्नु वहाँहरुको माया हो । भोटिङ्गमा कुनै धाँधली गरिएको छैन र हामी संग भोटिङ्गको लिष्ट सुरक्षित छ जुन जहिले पनि हामी देखाउन सक्छौ ।”

Related Articles

Back to top button
Close