रोचक

जाडोमा भन्दा गर्मीमा महिलाहरु आफ्नो मेकअपलाई लिएर हुन्छन् चिन्तित

काठमाडौँ । गर्मी याममा मेकअप गरेर बाहिर निस्कनुपर्छ, पसिनाले हैरान बनाउँछ । धेरैलाई यस्तै भएको हुनुपर्छ । एकतिर घामको रापबाट छालाको सौन्दर्य जोगाउनुपर्ने, अर्कोतिर पसिनाबाट । जतिसुकै मिहेनत गरेको मेकअप पनि पसिनाले पखालिदिन्छ । त्यसमाथि धुलो र धूँवाको मार त छदैछ । कतिले गर्मीमा हेभी मेकअप गर्दैनन्, पसिनाकै डरले । तर, विना मेकअप हिँड्न पनी गाह्रो । कतिपय अवस्थामा त मेकअप गर्नैपर्ने हुन्छ ।

यसरी पाउनुहोस् गर्मीमा चर्को घामको किरण र पसिनाको समस्याबाट छुटकारास्
१। राम्रो बेस स्( मेकअप गर्नुअघि प्राइमर प्रयोग गरौ । यसले पसिनाकै कारण मेकअप पखालिदैन । प्राइमर लगाएपछि राम्रो बेस तयार हुन्छ, जसले मेकअपलाई वाटरप्रुफ बनाइदिन्छ । यसका साथै, मेकअपका लागि वाटरप्रुफ प्राइमर नै लगाउनु पर्छ । प्राइमर उपलब्ध नभएको अवस्थामा सीसी क्रीम पनि प्रयोग गर्न सकिन्छ ।

– आइल कन्ट्रोल फेसवास प्रयोग गर्ने स्( गर्मीको दिनमा आयल कन्ट्रोल फेस वास उपयोगी हुन्छ । यसले तपाईको अनुहारको अतिरित्त तेल निकाल्छ । नतिजा, अनुहारको छाला ताजा देखिन्छ । यसका साथै आयल कन्ट्रोल फेसवास प्रयोग गरेपछि टी(जोनबाट तेल आउँन नदिई मेकअप विग्रनबाट जोगाउँछ ।

– आइसक्युव वा बरफ स्( अनुहारमा आइसक्युव वा बरफ लगाउनाले मेकअप लामो समयसम्म रहन्छ । एउटा आइसक्युब लिने र अनुहारमा सर्कुलेशन मोशनमा मसाज गर्ने । यसका साथै आँखाको आसपास पनि मसाज गर्ने, जसले डार्क सर्कल कम देखिन्छ ।यसलाई केहि समय सुक्न दिने र मेकअप गर्ने ।

– सेटिङ स्प्रे स्( कुनैपनि मेकअप गर्नुअघि आफ्नो अनुहारमा मेकअप सेटिङ स्प्रे लगाउन सकिन्छ । यसलाई आफ्नो अनुहार र गर्दनमा लगाउने, जसले पसिना आउनबाट रोक्छ । त्यसपछि मेकअप गर्ने ।

-आयल फ्रि सनस्क्रि लगाउने स्( गर्मीको दिनमा आयल फ्रिसनस्क्रिन लगाउनु पर्छ । यसले पनि मेकअपलाई टिकाउन मद्दत गर्छ । आयल फ्रिसनस्क्रिन प्रयोग गर्दा अनुहारमा धेरै तेल निस्कदैन । साथै छालालाई हानिकारक किरणबाट पनि जोगाउँछ ।

-वाटरप्रुफ मेकअपको प्रयोग स्( सधै वाटरप्रुफ मेकअपकै प्रयोग गरौ, जो गर्मीमा धेरै समय टिक्न सक्छ । यसमा वाटरप्रुफ आइ मेकअप, वाटरप्रुफ लिप बाम, वाटरप्रुफ फाउन्डेसन प्रयोग गर्न सकिन्छ ।

Related Articles

Back to top button
Close