समाचार

आज सुनको भाउमा फेरि अर्को रेकर्ड, तोलाको ८०,७०० पुग्यो

काठमाडौं । आज फागुन २२ गते बिहीबार सुनको मुल्यमा फेरि अर्को ऐतिहासिक रेकर्ड कायम भएको छ ।

बुधबार एकै दिन तोलामा २२ सय रुपैयाँ बढेको सुनको भाउ आज तोलामा २ सय रुपैयाँ बढेको हो।

आज छापावाल सुन प्रतितोला ८० हजार ७ सय तथा तेजावी सुन प्रतितोला ८० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार छापावाल सुन प्रतितोला ८० हजार ५ सय तथा तेजावी सुन प्रतितोला ८० हजार २ रुपैयाँमा कारोबार भएको थियो।

आज सुनको भाउ बढेपनि चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको मुल्य प्रतितोला ८ सय ८० रुपैयाँ रहेको छ।

Related Articles

Back to top button
Close