भिडियो

यसरि गरिएको थियो प्रचण्डमाथि जु’त्ता प्र’हार (भिडियो)

काठमाडौँ। राष्ट्रियसभामा आयोजित कार्यक्रमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि आक्र’मण भएको छ । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सम्बोधन गरेर सिटमा फर्किने क्रममा उनीमाथि जुत्ता प्रहार भएको हो । तर उनले प्रहार गरेको जुत्ता मञ्चसम्म आइपुगेन ।

जुत्ता प्रहार गर्ने नेकपा समर्थित कार्यकर्ता रतन चिरुवा भएको बताइएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वर्गीय भरतमोहन अधिकारी कम्युनिस्ट आन्दोलनको अगुवामात्र नभई नेपालको लोकतान्त्रिक आन्दोलनको कुशल व्यवस्थापक भएको बताएका छन् ।

उनले भरतमोहन अधिकारी स्मृति फाउन्डेसन नेपालद्वारा आइतबार राष्ट्रिय सभागृहमा आयोजित ‘भरतमोहन अधिकारी प्रथम स्मृति सभा’लाई सम्बोधन गर्दै नेपालको कम्युनिस्ट आन्दोलनमा भरतमोहन अधिकारीका योगदानबारे चर्चा गरे ।

भरतमोहन अधिकारी अरुका कुरा सुन्न सक्ने, आलोचनाहरुलाई महत्व दिने र मिठो भाषामा टिप्पणी गर्न सक्ने नेताका रुपमा प्रचण्डले स्मरण गरे । ‘सबै मैलेमात्र जानेको छु भन्नेजस्तो नगर्न उहाँले हामीलाई शिक्षित गर्नु भयो,’ उनले भने, ‘धैर्यतापूर्वक जनताका गुनासा सुन्ने, उनीहरुको कुरालाई बुझ्ने संस्कार विकास गर्ने पाठका रुपमा आजको दिनलाई हामीले लिन सक्नु पर्छ ।’

आजको दिनमा भरतमोहन अधिकारीको अभाव खट्किएको प्रचण्डको भनाइ थियो । स्व. अधिकारीले अर्थमन्त्र ीका रुपमा भूमिका खेल्नु अघि नेपाली समाज र राजनीतिक वृत्तमा कम्युनिस्टप्रतिको सोच बेग्लै रहेको पनि प्रचण्डले स्मरण गरे ।

‘कम्युनिस्ट भनेका बुढाबुढीलाई मार्छन् भन्ने भ्रम थियो, पूँजीपतिहरुले यस्तै प्रचार गरेका थिए,’ उनले भने, ‘त्यस्तो अवस्थामा भरतमोहन अधिकारीको एउटै निर्णयले त्यो मिथकलाई ध्वस्त पारिदियो ।’ बरु कम्युनिस्टहरु बुढाबुढीलाई सम्मान गर्ने रहेछ भन्ने सन्देश भरतमोहन अधिकारीले अर्थमन्त्रीका रुपमा प्रवाह गरेको जिकिर पनि अध्यक्ष प्रचण्डले गरे ।

भरतमोहनजस्ता अगुवा नेताका कार्यशैली, समाजलाई उहाँहरुजस्ता व्यक्तिले दिएको योगदानका कारण नै आज कम्युनिस्ट आन्दोलन र आफूहरु यो अवस्थासम्म आइपुगेको प्रचण्डले बताए

Related Articles

Back to top button