समाचार

आज देशभर विद्यालय बन्द (विज्ञप्ति सहित)

काठमाडौं १४ फागुन / विप्लव समूह निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको शैक्षिक हडतालका कारण आज शैक्षिक संस्था बन्द भएका छन् ।संगठनका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल, केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक लगायत आफ्ना नेता कार्यकर्तालाई गिरफ्तार गरेको विरोधमा फागुन १४ गते बुधबार विप्लव समूहले देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको हो ।

मंगलबार विज्ञप्ति जारी गर्दै शैक्षिक हडताल सफल पार्न आग्रह गरेको छ । फागुन १ गते जन युद्ध दिवस मनाउने तयारी गरीरहेको बेला काठमाडौंबाट क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकाल र कोषाध्यक्ष नरेन्द्र विकलाई गिरफतार गरेको थियो ।

Related Articles

Back to top button
Close