समाचार

गोकुल बाँस्कोटालाई तत्काल पक्राउ गर्न युवाको खबरदारी

काठमाडौं – सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा विदेशी कम्पनीका नेपाल प्रतिनिधिसँग कमिसनको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई तत्काल पक्राउ गर्न युवाले खबरदारी गरेका छन् ।प्रतिपक्षी दल समाजवादी पार्टी नेपालको युवा संगठन समाजवादी युवा संघले विज्ञप्ति जारी गर्दै बाँस्कोटालाई तत्काल पक्राउ गरी छानबिन गर्न माग गरेको छ ।

‘प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र बाँस्कोटा यसअघि नै नेपाल टेलिकमको फोरजी सेवा विस्तार सम्बन्धी सम्झौतामा अर्बाैको भ्रष्टाचार गरेको सर्वत्र शंका भइरहेको सन्दर्भमा सबैले सुन्ने र बुझ्ने गरी सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा ७४ करोड कमिसनको काण्ड सार्वजनिक भइसकेकोले गोकुल बाँस्कोटालाई तत्काल पक्राउ गरी मुख्यतः फोरजी सेवा विस्तार र सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिद काण्डमा अनुसन्धान अगाडि बढाउन सरकारसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

बाँस्कोटाको टेप सार्वजनिक हुनु, नेकपा महासचिव विष्णु पौडेलका छोराको जग्गा काण्डमा अनुसन्धा नहुनु, यती समूहलाई कौडीको भाउमा जग्गा दिनु, सुनकाण्ड, वाइडबडी काण्ड लगायतले प्रधानमन्त्री ओली नै भ्रष्टाचारीका संरक्षण त होइनन् भन्ने शंका जनसमुदायमा रहेको विज्ञप्तिमा उल्लेख छ ।यस्तो छ विज्ञप्तिको पूर्णपाठ –

Related Articles

Back to top button
Close