ज्योति मगरले गाउँदै गर्दा, महोत्सवमा झडप, ५ जना पक्राउ दर्जन घाइते
कञ्चनपुर / गायिका तथा मोडल ज्योति मगरको प्रस्तुतीले उत्तेजित भएका युवाहरू कार्यक्रमको मञ्चमा उक्लिन खोज्दा कञ्चनपुरमा झ’डप भएको छ । झ’डपमा केही घाइते भएका छन भने केही पक्राउ परेका छन ।
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा मगरको प्रस्तुतीका क्रममा झडप भएको हो ।
झडपका क्रममा तीन प्रहरीसहित केही युवा घाइते भएका छन भने उत्तेजित समूहका पाँच जना प’क्राउ परेका छन । प्रहरीले ज्योति मगरको प्रस्तुतिका बेला होहल्लाका साथै उच्छृंखल गतिविधि भएको पुष्टि गरेको छ । उत्तेजित भिडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गरेको छ । फाइल फोटो
अन्य समाचार
सुनको भाउ बढेपछि : विदेशी मुद्राको भाउपनि ह्वात्तै बढ्यो । कुन देशको कति ?
काठमाडौं / आज नेपाली बजारमा मंगलबार अमेरिकी डलरसहित धेरै देशको विनिमयदर बढेको छ । त्यस्तै आज आज अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ ८९ पैसा तथा बिक्रिदर १ सय १५ रुपैयाँ ४९ पैसा रहेको छ। भने आज युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २८ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ।
त्यस्तैगरी आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ २२ पैसा र बिक्रिदर १ सय ४८ पैयाँ ९९ पैसा रहेको छ। भने कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ९० पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ८६ पैसा रहेको छ।
त्यस्तै आज मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३२ पैसा रहेको छ। भने हराईन दिनार एकको खरिददर ३ सय ४ रुपैयाँ ७४ पैसा तथा बिक्रिदर ३ सय ६ रुपैयाँ ३३ पैसा रहेको छ।
आज यूरोपियन यूरो एकको खरिददर १ सय २४ रुपैयाँ ३५ पैसा तथा बिक्रिदर १ सय २५ रुपैयाँ रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७९ पैसा रहेको छ।
भने आज कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ७२ पैसा रहेको छ।