समाचार

हिजो फेवातालमा डुङ्गा प’ल्टिँदा बे’पत्ता भएका काठमान्डौ कपनका रामशरण मृ’त फे’ला

हिजो सोमबार दिउँसो पोखराको फेवातालमाडुङ्गा प’ल्टिँदा बे’पत्ता भएका काठमाडौँ १० कपनका २७ वर्षीय रामशरण लुइँटेल मृ’त फेला परेका छन् । गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट ख’टिएको गो’ताखोर सहितको उ’द्धार टो’लीले खो’जतलास गर्ने क्रममा मङ्गलवार दिउँसो लुइँटेलको श’व फे’ला पारेको हो ।

तालको ख’पौदी क्षेत्रमा ४० फिट ग’हिरो क्षेत्रबाट लुइँटेलको श’व नि’कालिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी यादव ढकालले जानकारी दिए । सशस्त्र प्रहरीका तालिम प्राप्त गोताखोर दी’र्घ नारायण पौडेल र दीपेन्द्र विष्टको टोलीले तालमा घो’प्टो परेर रहेको लुइँटेलको श’व नि’कालेको हो ।

सोमबार दिउँसो खपौदी क्षेत्रमा ३ जना सवार डुङ्गा प’ल्टिएको थियो । उक्त डुङ्गामा सवार काठमाडौँ कपन बस्ने २७ वर्षीय सुविन चालिसे र २८ वर्षीय रुपेश अधिकारीको तत्कालै स’कुशल उ’द्धार गरिएको थियो भने रामशरण बे’पत्ता भएका थिए ।

यो पनि पढ्नुस

बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटासहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

प्रधानमन्त्री ‌ओली, निवर्तमान सञ्चारमन्त्री बाँस्कोटा, पूर्वसञ्चार सचिव महेन्द्र गुरूङ र नेपाल सेक्युरिटी प्रेस काउन्सिलका प्रमुख विकल पौडेलविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो।

उजुरीकर्ताले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीसँग निवर्तमान मन्त्री बाँस्कोटाले ७० करोड ‘कमिसन’ मागेको अडियो प्रधानमन्त्रीले डेढ महिनाअघि नै पाएपनि संलग्नहरुलाई कारवाहीका लागि कदम नचालेकाले प्रधानमन्त्री ओलीसहित चारैजनालाई कारवाहीका माग गरेका छन् ।

अनुचित कार्य भ्रष्टाचार गरेको भन्दै उनीहरूले कारबाहीको मागसहित उजुरी दिएका हुन्। उक्त उजुरी अख्तियारले दर्ता गरिसकेको छ। प्रधानमन्त्री ओलीले उक्त अडिओ डेढ महिना पहिले नै सुनिसकेको दाबी गरिएको उक्त उजुरीमा प्रधानमन्त्रीले सो प्रमाण लुकाएर भष्टाचार उद्योग कार्यमा संलग्न र मतियार रहेको पुष्टि हुने दाबीसहित छानविन गर्न माग गरिएको छ।

Related Articles

Back to top button