भिडियो

बिजुलीकाे महशुल आधा सस्तो हुँदैछ : कुलमान घिसिङ (भिडियो सहित)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुनः आफ्नो कार्यकाल दोहोर्याउनेमा अनिच्छा प्रकट गर्नुभएको छ । जनता टेलिभिजनको कर्पाेरेट टक कार्यक्रममा कुराकानी गर्दै घिसिङले एउटै पदमा बसेर कार्य गरिरहनु त्यति राम्रो नहुने भन्दै यस्तो इच्छा व्यक्त गर्नुभएको हो ।

सरकार वा सबै क्षेत्रले चाहना गरेमा भने आफूले गरिरहेको कार्यलाई निरन्तरता दिने उहाँले बताउनुभयो । तीन वर्षमा हरेक नेपालीको घरघरमा बिजुली पुर्याइने घिसिङले दाबी गर्नु भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वकाे बेला तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले आफूलाई यो स्थानमा अवसर दिएको उहाँकाे भनाइ छ ।

घिसिङले आफ्नो कार्यकालका सबै सरकार र सम्बन्धित निकायले सहयोग गरेका आज देशमा लोडसेडिङ अन्त्य भएको बताउनुभएको छ । बिजुलीको महशुल आधा सस्तो बनाउने गरी प्राधिकरणले प्रस्ताव गरेको र छिट्टै घरायासी सँगै औधोगिक महशुल समायोजन हुने उहाँले बताउनु भयो । थप भिडियोमा हेर्नुहोस… भिडीयो यहाँ लिंकमा छ ।

Related Articles

Back to top button
Close