समाचार

आज घट्यो सुनको भाउ, कति पुग्यो ?

काठमाडौं / हिजो बढेर प्रतितोला ८० हजार नाघेको सुनको मूल्य आज भने केही घटेको छ । एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाउँदै गएको छापावाल सुनको मूल्य आज मंगलबार ८० हजारमा कारोवार भएको छ । हिजो ८० हजार ३०० मा कारोवार भएको थियो ।

साताको पहिलो दिन ७८ हजार ८ सयमा कारोवार भएको सुन सोमबार १५ सयले बढेको र मंगलबार ३०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

यसैगरी तेजावी सुन तोलामा ७९ हजारमा ७०० मा कारोवार भएको छ । हिजो तेजावी सुन ८० हजारमा कारोबार भएको थियो ।आजका लागि चाँदीको मूल्य प्रतितोला ९ सय २५ रुपैयाँमा कायम छ।

Related Articles

Back to top button
Close