समाचार

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा धमला दम्पतिले गरे ३ लाख सहयोग

काठमाडौं १२ फागुन / चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि पत्रकार ऋषि धमला र उनकी पत्नी अभिनेत्री एलिसा गौतमले आर्थिक सहयोग गरेका छन्। धमला दम्पतिले रंगशालाको लागि ३ लाख रुपैयाँ सहयोग गरेका हुन्।

उनीहरुले उक्त रकम रंगशाला निर्माणमा लागिरहेको सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई हस्तान्तरण गरेका छन्। धुर्मुस–सुन्तली फाउण्डेशनले जनस्तरबाटै नै उक्त रंगशाला बनाइरहेकाे छ।

रंगशाला निर्माणमा थप सहयोग पु¥याउने उद्धेश्यले धुर्मुस–सुन्तलीले ‘सेन्टी भाइरस’ फिल्मसमेत बनाएका छन्। उक्त फिल्मले कमाएको नाफाको ५० प्रतिशत रकम स्वतः क्रिकेट रंगशालालाई जानेछ। उक्त फिल्मले अहिले आक्रामक व्यापार गरिरहेको छ।

Related Articles

Back to top button
Close