समाचार

आज नायिका आँचल शर्माको शुभ बिवाह , सुखद दाम्पत्य जिबनको शुभकामना

काठमाडौं । पछिल्लो समयकी चर्चित नायिका आँचल दवाडी शर्माको सोमबार चितवन निवासी डा.उदीप श्रेष्ठसँग विवाह हुँदैछ ।सोमबार साँझ काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा वैवाहिक समारोह आयोजना गरिँदैछ । वैवाहिक समारोहमा बेहुला र बेहुली पक्षका नजिकका आफन्तलाई आमन्त्रण गरिएको छ ।आँचल र उदीप केही समयदेखि प्रेममा थिए । दुवैले आफ्नो प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् ।जोनी जेन्टल म्यान, नाइ नभन्नु ल ४, शत्रु गते, ब्ल्याक लगायतका चलचित्रमा काम गरेकी उनले थुप्रै म्युजिक भिडियोमा समेत काम गरेकी छिन् ।

शर्माले गर्न लागेको अन्तरजातीय विवाहलाई दुबै परिवारले स्वीकार गरिसकेका छन्।दर्शकले पल शाहसँग आफूलाई जोडेपनि शाह आफ्नो मिल्ने साथिमात्रै भएको शर्माले बताइन्।

Related Articles

Back to top button
Close