समाचार

तेह्रथुमको आफ्नै जन्मघरमा जन्मदिन मनाएका ओलीले, नेपाललाई टुक्राटुक्रा पारेर केक खुवाए, ओलीलाई राज्यद्रोहीको मुद्दा लाग्न सक्ने !

प्रधानमन्त्री केपी ओलीले तेह्रथुमको आफ्नै जन्मघरमा आइतबार जन्मदिन मनाएका छन्। पिता मोहनप्रसाद ओली, श्रीमती राधिका शाक्यलगायतको उपस्थितिमा ओलीले ६९ औं जन्मदिन आफ्नो जन्मथलोमा मनाएका हुन्।

ओली २००८ साल फागुन ११ गते तेह्रथुमको साविक इवा गाविसको सल्ले हाल आठराई गाउँपालिका ४ मा जन्मिएका हुन्। ओलीले पहिलो पटक जन्मघरमा पुगेर जन्मोत्सवको केक का टेका छन्। ओलीले केक का टेर सबैभन्दा पहिला श्रीमती राधिकालाई खुवाएका थिए । उनको जन्मघरमा ३० मिनेटसम्म पालैपालो ओलीलाई शुभकामना दिएका थिए।

जन्मदिनको केक काट्नुअघि उनले आफ्नो पुख्र्यौली घरको अवलोकन गरेका थिए। घरको भित्रबाहिर वरिपरी करिव दश मिनेटसम्म चहारे। गम्भीर देखिएका प्रधानमन्त्री ओली जन्मदिनको विशेष समारोहमा भावुक पनि बनेका थिए ।

t]x|y’d, !! kmfu’gM
k|d cf]nL hGdf]T;j dgfpFb}
k|wfgdGqL s]kL zdf{ cf]nL t]x|y’dsf] cf7/fO{ ufpFkflnsf– $ Ojfl:yt hGd3/df cfOtaf/ cfˆgf] ^( cf}F hGdf]T;j dgfpFb} . t:jL/M pd]z g]kfnL÷/f;;

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९औँ जन्मोत्सव अवसरमा आठराई क्षेत्रका ४०० ज्येष्ठ नागरिकलाई कपडा र दुई हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

तर आलोचना पटक्कै सुन्न नचाहने र अरुले गरेको सानो सानो गल्तीको पनि टिप्पणी गर्न पछि नपर्ने ओलीले आफ्नो ६९ औं जन्मोत्सव मनाउने क्रममा गर्न नहुने सबै गरे ।

केकलाई नेपालको नक्साको आकार दिएर काटे । अनि पार्टीको आचार संहिता तोडे । उनी जन्मोत्सव मनाउन पनि हेलिकोप्टर चढेर पुगेका थिए ।

५६ वर्ष अगाडि नै छाडेको गाउँमा जन्मोत्सव पुगेका ओलीले राज्यको ढुकुटी पनि रित्तो बनाउदै छन् । आफ्नो पैसाले गरेको खर्च नभई राज्यको ढुकुटी सकिरहेका छन् । त्यतिमात्र हैन उनले सिंगो देशको अपमान गरेका छन् । नेपालको नक्सा आकारको केक का’टेका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्रीको यो क्रियाकलाप क्षम्य नहुने बताएका छन् । देशको कार्यकारीले यस्तो गर्नु गम्भरि विषय भएको भन्दै राज्यद्रोहीको मुद्दासमेत लाग्न सक्ने बताए । त्रिपाठीले कानुनमा ठ्याक्कै यसबारे कुनै व्याख्या नभए पनि नियत हेरेर राज्यद्रोहीको आरोपसमेत लगाउन सकिने बताए ।

‘स्वयं कार्यकारीले नै यस्तो काम गरेपछि के कार्वाही होला ?’, त्रिपाठीले भने । त्रिपाठीले जनतासंग प्रधानमन्त्री ओलीले माफी माग्नुपर्ने बताएका छन् । राज्यलाई टुक्रा टुक्रा पार्ने सन्देश दिन खोजिएको हो ? भन्दै उनले ओलीसंग प्रश्न पनि गरेका छन् ।

आफ्नो ६९ ‌औँ जन्मदिन मनाउन तामझामसाथ हेलिकोप्टर चढेर उनी आफ्नो जन्मथलो तेह्रथुमको आठराई पुगेर उनले नेपालको नक्साको आकार दिएर बनाइएको केक काटेर उत्सव मनाए ।

उनले नेपालको नक्सा का’टेर जन्मदिन मनाएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ। ओलीसंग आचारसंहिता उल्लंघन र राज्य टुक्रिएको सन्देश दिने खालको केक काटेको साक्ष्ी बन्न नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, खानेपानी मन्त्री बिना मगर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ, प्रधानमन्त्री पत्नी, स्थानीय जनप्रतिनिधिहरु, नेताहरु, सुरक्षाकर्मीहरु लगायत थिए ।

पुख्यौली घरजग्गालाई ट्रष्टको रूपमा विकास गर्ने ओलीको योजना छ। आफ्नो घरजग्गामा प्राविधिक शिक्षालय खोल्ने समेत ओलीको इच्छा रहेको बताइएको छ।

साविक आठराइ गाविसमा जन्मिएका ओली सानैमा झापा झरेका थिए। जन्मथलो गएका बेला तेह्रथुम, पाँचथरमा खानेपानी आयोजना र सल्ले–ढुङ्गेसाँघु (ताप्लेजुङ( जोड्ने सडक समेत शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

जन्मदिन मनाउन प्रम ओली आउने भएपछि आठराई गाउँपालिकाले सार्वजनिक बिदा दिने सूचना जारी गरेको छ। गाउँपालिकाले फागुन ६ गते आठराई गाउँपालिका र मातहतका सरकारी कार्यालय, विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको आफ्नो सूचनामा उल्लेख गरेको थियो । उसले सूचनामा प्रम ओली उपस्थित हुने कार्यक्रममा कर्मचारी र विद्यालयका शिक्षकहरूलाई तोकिएको पोशाकमा उपस्थित हुन भनेको थियो।

Related Articles

Back to top button
Close