भिडियो

पारससँगको सम्बन्धबारे बल्ल बोलिन् सोनिका, पैसाका लागि यतिसम्म गरेकी रहेछिन् [भिडियो]

काठमाडौं । पुर्व युवराज पारस शाह र मोडल सोनिका रोकायाका बारेमा जानकारी नभएका सायदै होलान् । लामो समय देखि उनीहरु एक अर्काको प्रेममा भएको चर्चा भइरहेको थियो । हल्ला यहाँसम्म पुग्यो कि उनीहरु छिट्टै विहे गर्ने तयारीमा रहेका छन्, तर यो सत्य भने थिएन् । उनीहरुले आफुहरु मिल्ने साथि भएको बताउँदै आएका थिए ।

सँगै देशका विभिन्न ठाउँहरुमा सँगै डुलेका तस्बिर तथा भिडियो भाइरल हुने गरेका छन् । दरबारमार्गको एक लाउन्चमा भेट भएका उनीहरुको सम्बन्ध धेरै निकट भइरहेको छ । हालै आफ्नो २६ औं जन्मउत्सव मनाएकी सोनिकालाई पासरले हिराको हार उपहार दिएपछि जनमानसमा यो विषय थप चर्चित बन्न पुग्यो । पछिल्ला केही दशहरुमा पारिवारीक रुपमा केही तनाबको सामना गरिरहेका शाहलाई सोनिकाले राम्रै साथ दिएकी छिन् । तर जसरी मान्छेहरुले ब्याख्या गरिरहेका छन्, त्यस्तो खालको सम्बन्ध भने नभएको कुरा अहिले खुल्न आएको छ ।

स्वंयम सोनिकाले नै एक भिडियो जारी गर्दै राजसंस्थाप्रति देखिएको समर्थन कम गर्न आफुले यस्तो गरेको बताएकी छिन् । उनले आज बाहिर ल्याएको भिडयोमा यस्तो कुरा खुलाइएको छ । विशेष गरेर अहिलेको राजनीति देखेर जनतामा ‘राजा आउँ, देश बचाउँ’ जस्तो एक खालको सोच विकास भएपछि त्यसलाई निस्तेज पार्नका लागि आफु प्रयोग भएको उनले बताएकी छिन् । राजाको बढ्दो लोकप्रियता मा केही राजनीतिक दलका नेताहरुले आफुलाई पैसा दिएर राजा र राजसंस्थाको बदनाम गराउन खोजेको कुरा उनले स्विकार गरेकी छिन् ।

Related Articles

Back to top button
Close