समाचार
एमसीसी खारेजीका लागि नेपाल बन्द, यस्तो छ कार्यक्रम घोषणा
काठमाडौं । विभिन्न ९ दलीय मोर्चाले एमसीसी खारेजीका लागि विभिन्न आन्दोलनका कार्यक्रम तय गरेको छ। मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), मोहन विक्रम सिंह नेतृत्वको नेकपा (मसाल) लगायतका साना दलहरूले संयुक्त मोर्चा गठन एमसीसी सम्झौता खारेजीको लागि संघर्ष गर्ने निर्णय गरेको छ ।
एमसीसीको खारेजी सँगै, भारतद्वारा मिचिएका लिपुलेक, कालापानी लगायतका नेपाली भूभाग फिर्ताको लागि सङ्घर्ष गर्ने निर्णय समेत उक्त मोर्चाले गरेको छ।
कार्यक्रम अन्र्तगत फागुन १५ गते अन्तरक्रिया गर्ने, १६ गते संसद भवन घेराउ गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरिएको छ। उक्त संयुक्त मोर्चाले सार्वभौमिकता र अखण्डतामाथि प्रश्न उठिरहेको अहिलेको अवस्थामा सङ्घर्षको उत्कर्ष रुप नेपाल बन्दको कार्यक्रम समेत आयोजना गर्ने निर्णय गरेको छ।