समाचार

२ दिनमा कमायो धुर्मुस सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’ले यति धेरै

काठमाडौँ /धुर्मुस सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’ले प्रदर्शनको दोश्रो दिन बम्परको व्यापार गरेको छ । फिल्मले शनिबार देशभर हाउसफूलको व्यापार गर्न सफल भएको फिल्मले शनिबार देशभरबाट एक करोड पैतिस लाखको ग्रस व्यापार गरेको निर्माण पक्षले व्यापारिक रिपार्ट सार्वजनिक गरेको छ । सेन्टी भाइरसको दुई दिनको कलेक्सन जोड्दा दुई करोड ४७ लाख ग्रस कलेक्सन गर्न सफल भएको छ ।

रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘सेन्टी भाइरस’मा सिताराम कट्टेल धुर्मुस, कुञ्जना घिमिरे सुन्तली, अभिनेता दयाहाङ राई, कलाकारहरु विल्सन विक्रम राई, बुद्धि तामाङ र सन्दिप क्षेत्री लगायतको अभिनय छ । फिल्मलाई अत्यन्तै रुचाइएको छ । राजनीतिक चुनावलाई लिएर फिल्मको विषय बनाइएको छ

अन्य समाचार

चादि कहाँ होला दोहोरी गीत ले बजार पाए संगै बहुप्रतिभाका धनी गायक तथा सर्जक प्रकाश पराजुली चर्चामा आएका छन ।

बजार मा छोटो समय मा नै लाखौ दर्सक स्रोता को मनमा बस्न सफल “चादी कहाँ होला” दोहोरी गीत केही दिन अगाडि मात्र बजार मा आएको हो। धेरै एल्बम हरु बजार मा ल्याइ सकेका बुलन्द आवाजको धनी प्रत्यक्षे दोहोरी का प्रखर गायक प्रकाश पराजुली स्याङ्जा मा जन्मिएर बिगत लामो समय देखि नेपाली गीत संगीत लाई आफ्नो पेशा बनाउदै कलाकारिता क्षेत्र मा चर्चा बटुल्दै आउनु भएको छ ।

आज भन्दा केही दिन अगाडि मात्र बजार मा आएको चादी कहाँ होला दोहोरी गीत मा भने स्वर गायिका सन्जु न्यौपाने र गायक रबिन लामिछाने को रहेको छ नबराज पन्त को शब्द प्रकाश पराजुली को संगीत ,कृष्ण बि क भान्जा को एरेन्ज र कुमार राना मगर को मिक्सिङ मास्टरिङ रहेको” चादी कहाँ होला “भिडियो सार्बजनिक भएको हो ।

मौसम हिमालि को निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा दुर्गेश थापा,निसा न्यौपाने ,जुना गुरुङ ओवि रायमाझी को अभिनय रहेको म्युजिक भिडियो लाई करण चौसिरको छायांकन रहेको छ भने भिडियो मा दृश्य सम्पादन मनोज कार्की ले गरेका गरेका छन ।

यो समाचार तयार पार्दा सम्म २ लाख २६ हजार भन्दा बढी भ्युज कमाउन सफल भएको “चादी कहाँ होला”गीतलाई धेरै संगीत प्रेमिमनहरु ले यो गीत टेनिङमा परोस् भनेर अपेक्षा समेत गरेका छन । “चादी कहाँ होला ” गीत सन्जु न्यौपाने नामक ब्यक्तिगत युट्युब च्यानल बाट बजारमा आएको हो ।

Related Articles

Back to top button
Close