भिडियो

सानो छोरी छाडेर गाउलेको समेत ३५ लाख पैसा लिएर श्रीमती भागेपछी श्रीमान आए मिडियामा (भिडियो हेुर्नस्)

काठमाडौं । नवलपुरको कावासेतीमा फेरी अर्को उदेकलाग्दो घटना भएको छ । नवलपुरकी मिना राना गाउँभरीका महिलावाट ऋण लिएर हराएकी छन् । ति महिलाका तीन सन्तान छन् । दुई छोरी र एक छोराकी आमा करिब ३२ लाख रुपैया क्षती बनाएर हराएपछि उनका श्रीमान रुँदै मिडियामा आएका छन् । विवाह गरेको १७ वर्ष पछि श्रीमती हिडेपछि उनका श्रीमान अहिले बिचल्लीमा छन् । तीन सन्तान र बृद्ध आमाको स्याहार गर्ने जिम्मेवारी एकातिर आएको छ भने अर्को तिर आर्थिक क्षतीले उनी आफै समस्यामा परेका छन् ।

गंगाबहादुर राना अहिले तीन सन्तान र वृद्ध आमाका साथमा विचल्लीमा छन् । उनका छोराछोरीको पढाई विग्रिएको छ । आमा हराएपछि छोराछोरी विद्यालय जान पाएका छैनन् । गाउँमा विभिन्न समुहमा रहेकी उनले सबै समुहवाट पैसा लिएर हराएकी हुन् । श्रीमान गंगाबहादुरले आफुहरुको सम्बन्ध राम्रो नै रहेको बताएका छन् । आफुले बाहिरवाट पैसाको ब्यवस्था गर्ने र श्रीमतीले त्यसको ब्यवस्थापन गर्ने गरेको बताइन् । श्रीमतीले आफ्नो घरवाट २१ लाख रुपैया र एक तोला सुन लिएर गएको र समुहवाट ऋण समेत गरेर करिब ३२ लाख रुपैया लिएर हिडेको बताएका छन् ।

अहिले ऋण लिएकाहरु दिनहुँ घर घेर्न आउने र श्रीमती देखा भन्ने गरेका छन् । श्रीमान गंगाबहादुरले मिडिया सामु बिलौना गर्दै भने, जसरी पनि मेरो श्रीमतीलाई खोजेर ल्याइदिनु, मेरो सानी छोरी आमाबीना सुत्न पनि सक्दिन, छोरी रुन पनि नसक्ने भएकी छ । उनले विवाह गरेको यति धेरै वर्ष पछि श्रीमतीले यस्तो धोका देन्छिन् होला भन्ने आफुले कहिल्यै शंका नगरेको बताए । जसले पैसा दिए उनीहरुले घरमा आएर भन्ने गरेको बताए ।

गंगाबहादुरले ब्यवहार विग्रेका कारण श्रीमती लुकेको होला भन्ने लागेको छ । अहिले पनि उनले श्रीमतीलाई कुनै शंका भने गरेका छैनन् । दिदी बहिनीलाई समस्या पर्यो भनेपछि मैले नै भनेर पैसा निकालिदिएको हो । उनले मैले सहमति बिना पनि पैसा निकालेकी छन् त्यसको त मैले के जान्नु रु त्यसको जिम्मेवारी मैले लिन्न उनले भने । इन्डियन आर्मीमा २० वर्ष सेवा गरेका गंगाबहादुरले कमाएको पैसा नभएको उनले बताए । पहिला कमाएको घरखर्चमा सकियो होला तर पछिल्लो कमाई भने श्रीमतीले हिनामिना गरेको बताए ।

Related Articles

Back to top button
Close