समाचार

मालबाहक ट्रक त्रिशुलीमा खस्यो

धादिङ। त्रिशूली नदीमा ट्रक ख’स्दा चालककाे ज्या’न गएकाे छ भने सहचालक घाइते भएका छन् । नदीमा ट्रक खस्दा चालक बिखे थोकरको ज्यान गएको हाे ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ काे ज्यामिरेघाटबाट आइतबार बिहानीपख ना ५ ख ३७७७ नम्बरको सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खस्दा घाइते भएका मकवानपुर भिमफेदी २ भैसेँका चालक थोकरको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा ज्या’न गएको प्रहरीले जनाएको छ ।

घाइते सहचालक सप्तरी रुपनगरका राजेश विक भने उपचारपछि घर फर्किएका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले जानकारी दिनुभयो । फाइल फोटो

अन्य समाचार : छोरीको बीमा गराउँदा इन्टरनेट नि:शुल्क सिरहा। प्रदेश-२ सरकारले ‘छोरी शिक्षा बीमा कार्यक्रम’ अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई तीन महिना निःशुल्क इन्टरनेट सेवा दिन थालेकाे छ ।

‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत २०७५ माघ १ गतेपछि जन्मिएका छोरीको बीमा गराउने कार्य प्रदेशका आठवटै जिल्लाका स्थानीय तहमा बीमा शिविर जारी रहेको छ । त्यस्ता अभिभावलाई इन्टरनेट सेवा प्रदायक संस्था सुविसु केबल नेट प्रालिले तीन महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न थालेका हुन् ।

प्रदेश नं २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सो कम्पनीबीच भएको सम्झौताअनुसार छोरी शिक्षा बीमा गराउने छोरीका अभिभावकलाई तीन महिनासम्म निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न थालेको कम्पनीका लहान शाखा प्रबन्धक निर्देशक सञ्जीव पाठकले जानकारी दिनुभयो ।

सिरहाको सुखीपुर नगरपालिका–१० निवासी रागनीकुमारी मण्डलका अभिभावकलाई पहिलो इन्टरनेट जडान गरी सेवा सुरु गरिएको उहाँले जानकारी दिनुभयोे । सिरहामा दुई हजार ५०० भन्दा बढी छोरीको बीमा गरिएको जनाइएको छ । रासस

Related Articles

Back to top button
Close