भिडियो

नेपाल आर्मीमै रहेका सुक गुरुगंको श्रीमति ३५ लाखको सम्पत्ती लिएर गायब, ‘मेरो नागरिकता र लालपुर्जा समेत छैन’ भन्दै मिडियामा गुहार माग्न आए (भिडियो हेर्नुस्)

काठमाडौं । नेपाल आर्मीका १५ वर्ष काम गरेका एक युवकको श्रीमती सम्पत्ती समेत लिएर भागेपछि अहिले उनी मिडिया गुहार्न पुगेका छन् । नेपाल आर्मीमा सेवा गरेर कमाएको करिब ३५ लाख रुपैया हिनामिना गरेर हिडेपछि उनी मिडिया गुहार्न पुगेका छन् । १२ वर्ष अघि विवाह गरेकी श्रीमतीले धोका दिएपछि उनी रुँदै मिडियामा आएका छन्, उनी भन्छन् तिमी फर्केर आउ पहिला जति माया गर्थे त्यती नै माया गर्छु ।

यदि मेरो माया लाग्दैन भने पनि छोराछोरी सम्झेर घर आउ ।
उनका दुई छोराछोरी छन् । ताप्लेजुंगका यि युवकको श्रीमती चार महिना देखि हराएकी छन् । उनले श्रीमती खोजिदिन नेपाल प्रहरीमा पनि उजुरी दिएका छन् । तर अहिले सम्म उनको श्रीमती फेला परेकी छैनन् । प्रहरीको सहयोग नपाएका उनी मिडियाको सहारामा आएका हुन् । नेपाल आर्मीमा रहेर जुम्लामा पोष्टिगं रहेका उनी अहिले श्रीमती खोज्न ताप्लेजुगं पुगेका छन् । सुक गुरुगं अहिले जागिर छोडेर खाजिका लागि काठमाडौं पुगेका हुन् ।

श्रीमती देन्जीमाया गुरुगं खोज्नका लागि जागिर छोडेर उनी काठमाडौं आएको बताए । नेपाल प्रहरीलाई खबर गर्दा प्रहरीले कल डिटेल जाँच गर्दा मोवाइल अफ भएको देखायो । त्यो भन्दा अघि धेरै मानिससंग सम्पर्क गरेको देखिएको उनले बताए । श्रीमतीले नयाँ सिम प्रयोग गरेको पनि नदेखिएपछि कता खोज्ने भन्ने कुनै संकेत नदेखिएको उनले बताए । उनले आफ्नो श्रीमतीलाई कसैसंग बोलेको र कुराकानी समेत गरेको नदेखेका बताए ।

घरमा आउँदा आफुहरुले मोवाइल साटेर पनि प्रयोग गर्ने गरेको । उनले आफ्नो बुवाआमालाई भन्दा बढी विश्वास गरेर राखेको बताए । छोरा ८ वर्ष र छोरी ४ वर्षकी रहेको बताए । अहिले उनीहरु झापा स्थित आफ्ना परिवारसंग रहेको बताए । नेपाली सेनामा जागिर गरेर १५ वर्ष सम्म कमाएको पैसाले जग्गा जमिन पनि श्रीमतीको नामनै किनेको उनले बताए । श्रीमती आफ्नो नातेदार समेत परेका कारण पनि निकै विश्वास गर्ने गरेको बताए ।

Related Articles

Back to top button
Close