समाचार

एकैदिनमा ४० लाख सहयोग आएपछि, बिष्णु मायाले गरिन यस्तो घोषणा

काठमाडौं १० फागुन / केही समय अगाडि बिरामी आमालाई बचाउन सामाजिक सञ्जाल मार्फत हारगुहार गर्दै आएकी बिष्णु मायाले आमालाई बचाउन भने सकिनन् । आमाले यस धर्तीबाट चटक्कै छाडेर गएपछि अहिले बुवाको उपचार र स्याहारसुसार गरिरहेकी छिन् बिष्णु मायाले ।

सामाजिक अभियान्ताहरुबाट बिष्णु मायालाई देशविदेशमा रहेका सहयोगी मनहरुले पठाएको रकमले ठूलो राहत मिलेको छ । आज मात्रै युट्युवर भाग्य न्यौपानेले ४० लाख रुपैँया नगद रकम सहयोग हस्तान्तरण गरेका छन् ।
बिष्णु मायाले सहयोग रकम लिँदै भनिन् “अबबाट आएको सहयोग रकम म जस्तै दुखीलाई सहयोग गर्छु ।” यसर्थ बिष्णु मायाले अब सहयोग नलिने घोषणा गरेकी छिन् ।

यो पनि पढौ :बिष्णु माया लो तामाङको सम्पूर्ण पढाइ खर्च ब्याबसायी, कलाकार तथा समाजसेवी फुर्बा दोर्जे मोक्तानले सहयोग गर्ने भएका छन । मलेसियालाई कार्यक्षेत्र बनाइ ब्यबसाय तथा कलाकारितामा सक्रिय फुर्वाले बिष्णुमायालाई भेटेर रु १० हजार नगद तत्कालै सहयोग गर्दै यस्ताे प्रतिबद्धता जनाएका हुन ।
बिष्णुमायाकी आमा मनमाया लोको फेब्रुअरी ६ मा क्यान्सरको करण नेपाल क्यान्सर हस्पिटल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । बुबा वीर बहादुर लोको पनि क्यान्सरको उपचार भईरहेको छ । उपचारको लागि संसार भरका नेपालीहरुले सहयोग गरिरहेका छन ।

कमलामाइ नगरपालिका ४ चुनेटार सुन्धुली घर भएका उक्त परिवारले काठमाडौको कपनमा किराना पसल गरेर परिवार चलाउदै आएकाे थियाे । हाल क्यान्सरको कारणले बुबा थला परेको र आमाको मृत्यु भएपछि बिष्णुमायालाई आर्थिक अभाव परेकोले अाफुले बिष्णु माया लो तामाङको सम्पूर्ण पढाइ खर्च ब्यहाेर्ने बांचा गरेकाे फुर्बा दोर्जे मोक्तानले बताएका छन ।
१७ बर्षे बिष्णु माया अहिले बर्षबज्र इन्टरनेस्नल कलेज जोरपाटीमा कक्षा ११ मा अध्यानरत छिन ।

Related Articles

Back to top button
Close