जीरा पानीले २० दिनमै तपाईको तौल घटाउछ: जीरा पानी घरमै कसरी तयार गर्ने ? (शेयर गरौ)
जीरा तौल घटाउनको लागि चमत्कारिक तौल घटाउने पेय पदार्थको रुपमा लिइन्छ । विहान खाली पेटमा जीरा पानी पिउँदा मेटाबोलिज्ममा हुने सुस्तता, पाचन प्रक्रियामा भएको गडबडी, इन्सुलिनमा हुने प्रतिरोधको रक्षा जस्ता समस्याको समाधान हुने विज्ञहरु बताउँछन् ।
यदि तपाई यस्ता समस्या, पेट बढ्ने जस्ता समस्याबाट ग्रसित हुनुहुन्छ भने २० दिनसम्म जीरा पानी नियमित खानुपर्छ ।
जीरा पानी घरमा कसरी तयार गर्ने ? यसलाई दैनिक खानामा कसरी संलग्न गर्ने त ?
रातभरी भिजाएको जीराको दाना विहान राम्रोसँग भिजाइसकेपछि र राम्रासँग फुल्लिएपछि जीराको दानामा भएको पौष्टिक तत्व बाहिर निस्किन्छ र पानीमा घुल्छ । जसले गर्दा पानीको रंग पहेँलो रङमा बदलिन्छ । जीरा पानी बनाउनको लागि जीरा सीसाको गिलास, स्टेनलेस स्टील वा तामाको कचौराको पनि प्रयोग गर्न सकिन्छ ।
क्यालोरी घटाउन
एक चियाचम्चा जीरामा क्यालोरीको मात्रा ७ प्रतिशत हुन्छ । यदि तपाईले एक गिलास जीरा पानी पिउनुभयो भने अन्य क्यालोरीयुक्त खाना खान आवश्यक हुँदैन । यद्यपि उक्त क्यालोरी घटाउनको लागि अतिरिक्त काम गर्न आवश्यक भने हुँदैन ।
अनावश्यक रेडिकललाई हटाउँछ
अध्ययनका अनुसार , जीराको दाना एन्टिअक्सोडन्टस् हो जसले अक्सिजनमा हुने खतरनाक अनावश्यक रेडिकललाई कम गर्न मद्दत गर्छ । जीराका दाना भिटामिन ‘ए’ र ‘सी’को राम्रो स्रोत हो । र यी दुई भिटामिन एन्टीअक्सीडेन्ट पनि हुन् । जसमा मिनरल, तामा र म्याग्नेजजस्ता तत्वहरु पाइन्छन् जसले फ्रि रेडिकललको सफाई गर्ने काम गर्दछ ।
अत्याधिक मोटोपनको रोकथाम
जीरामा मोटोपन प्रतिरोधी तत्वहरु हुन्छन् । जसले शरीरमा अनावश्यक मोटोपना आउँन दिदैँन । जीराका दानामा भएको तेलले कोशिका र साइनअलिङ्गको बीचा रहेको क्रसटकलाई अवरुद्ध गरेर सुन्निनबाट बचाउने वैज्ञानिकले बताएका छन् ।
मेटाबोलिज्मको मात्रा बढाउँछ
यदि तपाईंको शरीरमा मेटाबोलिज्मको मात्रा कम छ भने विना मोटोपननै शरीरमा मेटाबोलिज्मको मात्रा बढाउँन सकिन्छ । जीरा पानीमा भिटामिन र मिनरल पाइन्छ जसले विविध तरिकाले मेटाबोलिज्मले गर्ने काम गर्छ । साथै जीरा पानीले कोशिकालाई सक्रिय बनाउँन र फुल्लिन मद्दत गर्छ । अनुसन्धानकर्ताहरुले पत्ता लगाएअनुसार जीरा पानीले मेटाबोलिज्मको मात्रा बढाउन, अत्याधिक मोटोपनमा हुने बीएमआइ घटाउन मद्दत गर्छ ।
पाचन प्रणालीमा सुधार
जीरा पानीले पाचन प्रणाली र पेटमा भएको बावलको सञ्चालनको लागि निकै महत्वपुर्ण भूमिका खेल्छ । पाचन प्रक्रिया स्वस्थ हुनुनै मेटाबोलिज्मको मात्रा बढ्नु हो साथसाथै तौल घट्नु पनि हो । जीरा पानीले निरन्तर पाचन प्रक्रियामा एन्जामाइनलाई प्रभाव पार्ने र ब्लोटिङ घटाउने काम गर्छ ।
कोलेस्ट्रोल घटाउँछ
एलडिल अर्थात खराब कोलेस्ट्रोलले तपाईको धमनीको प्वालमा प्लेक बनाएर कार्डियोभास्कुलरमा संक्रमण पैदा गराउन सक्छ । इरानका वैज्ञानिकहरुले मोटोपन भएका महिलामा जीराको प्रभावबारे गरेको अनुसन्धान गरे र शरीर संरचना, लिपिड प्रोफाइलको प्रभावको पनि अध्ययन गरे । तीनमहिनापछि लिपिड प्रोफाइलको विश्लेषण गर्दा एलडियल कोलेस्ट्रोल र ट्राइग्लिसराइड्स र उच्च एचडिएल कोलेस्ट्रोल कम पाइयो । जीरा पानीले कम्मरको साइज कम गर्न मद्दत गर्छ ।
इन्सुलिनमा संवेदनशीलता बढाउँछ
रगतमा ग्लुकोजको मात्रा बढ्दै गयो भने शरीरले इन्सुलिनको मात्रा नियन्त्रण गर्न सक्दैन र मधुमेह, पीसीओ र बाँझोपनको समस्या निम्तिन सक्छ । त्यसैले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न आवश्यक हुन्छ । अमेरिक वैज्ञानिकहरुले जीराको तेलले रगतमा इन्सुलिनको मात्रा नियन्त्रण गर्छ भन्ने कुरा पत्ता लगाएका छन् ।
निकोटिन फाल्न मद्दत गर्छ
अस्वस्थकर जीवनशैलीका कारण शरीरमा बढिरहेको निकोटिनले शरीर सुन्निने, तनाव बढाउने, कब्जियत गराउने र तौल पनि बढाउँछ । जीरा पानीले यस्त समस्याबाट बचाउन सक्छ ।
१. जीरा पानी र कागती
आवश्यक सामाग्रीः
–एक चियाचम्चा जीरा
–एक कप पानी
–आधा चम्चा कागतीको रस
कसरी तयार गर्ने ?
१. दुई चिया चम्चा जीरालाई एक कप पानीमा रातभरी भिजाउने ।
२. विहानीपख जीरा पानी छान्ने र पानीमा कागतीको रस घोल्ने ।
३. राम्रोसँग घुलेपछि जीरा पानी पिउने ।
फाइदाः
कागती भिटामिन ‘सी’ को मुख्य स्रोत हो । जसले तपाईको रोगप्रतिरोधात्मक क्षमतालाई बढाउँछ । शरीरमा टक्सीनको मात्रालाई कम गर्छ र शरीरको आन्तरिक पीएचलाई सन्तुलनमा राख्छ ।
२. जीरा पानी र दालचिनी
आवश्यक सामाग्रीः
– एक चियाचम्चा जीरा
– एक कप पानी
– एक चियाचम्चा दालचिनीको पाउडर
कसरी तयार गर्ने ?
१. दुई चियाचम्चा जीरा एक कप पानीमा राखेर रातभरि भिजाउने
२. विहान दालचिनीको पाउडर पानीमा राखेर ५ मिनेट उमाल्ने ।
३. त्यसपछि पानीलाई सेलाउन दिने र जीरा पानीमा घोलेर पिउने ।
फाइदाः
दालचिनीले तनाव कम गर्न र शरीरमा ग्लुकोजको मात्रा कम गराएर शरीरको तौल सन्तुलनमा राख्न मद्दत गर्छ ।
३. जीरा पानी र एप्पल साइडर भिनेगर
आवश्यक सामाग्रीः
–एक चिया चम्चा जीरा
–एक कप पानी
–एक चियाचम्चा एप्पल साइडर भिनेगर
कसरी तयार गर्ने ?
१. दुई चिया चम्चा जीरालाई एक कप पानीमा रातभरि भिजाउने
२. विहान भएपछि पानी छान्ने र एक चियाचम्चा एप्पल साइडर भिनेगर मिसाउने
३. राम्रोसँग घोलेर पिउने ।
फाइदाः
एप्पल साइडर तौल घटाउन फाइदाजनक मानिन्छ । यसले रगतमा सुगरको मात्रा घटाउँन, पाचन पक्रिया सन्तुलनमा राख्न र बोसोको मात्रा बढ्नबाट रोक्छ ।
तौल घटाउनको लागि कुन समयमा पिउने जीरा पानी ?
–पहिलो कपः खाली पेटमा
–दोस्रो कपः खाना खानुभन्दा २० मिनेट अगाडि
–तेस्रो कपः रातिको खाना खाएको २० मिनेट पछि
तौल घटाउनको लागि दिनमा तीनपटक जीरा पानी पिउनैपर्छ । तर जीरा पानीले मात्र शरीरको तौल घटाउन सम्भव हुँदैन त्यसैले दैनिक खानपानमा पनि ध्यान पु¥याउन जरुरी छ ।
जीरा र दही
जीरा र दहीको स्वाद निकै स्वादिष्ट हुन्छ । यसलाई तपाईं सलादको रुपमा पनि प्रयोग गर्न सक्नुहुन्छ ।
आवश्यक सामाग्रीः
–एक कप दही
–दुई चियाचम्चा जीराको धुलो
–एक चियाचम्चा कागतीको रस
–एक चिम्टी नुन
कसरी तयार पार्ने ?
१. दही, जीराको धुलो, कागतीको रस र नुन एउटै भाडोँमा राखेर घोल्ने र खानामा प्रयोग गर्ने ।
टिप्सः यसमा तपाई काक्रोको टुक्रा, टमाटर, प्याँज जस्ता सलादहरु पनि मिसाएर स्वाद बढाउँन सक्नुहुन्छ ।
अन्य तरिकाहरुः
– जीरा पानी मदिराको सट्टामा प्रयोग गर्न सकिन्छ
– जीरको धुलो सलाद, पोलेको कुखुराको मासु, माछा, पनिर लगायत तरकारीहरुमा पनि प्रयोग गर्न सकिन्छ ।
– मुसुरोको दालमा जीराको दाना फुराएर स्वादिष्ट बनाउन सकिन्छ ।
टिप्सः जीराको दाना कहिल्यै पनि डढाउन हुँदैन ।
अन्य फाइदाः
– नियमित जीरा सेवनले पाचन प्रक्रियामा भएको समस्याको समाधान गर्छ ।
– मुटुसम्बन्धि खतरा कम गर्छ ।
– मधुमेह नियन्त्रण गर्छ
– निद्रा लाग्न सहयोगी
– जीरामा आइरनको मात्रा बढी हुने भएकाले यसको सेवनले एनेमिया रोग लाग्नबाट बचाउँछ ।
– दिमाग तेज गराउँछ
– एन्टीओक्सीडन्ट्स भएकाले क्यान्सरसँग लड्न मद्दत गर्छ ।
– छालाको लागि फाइदाजनक
जीरा पानी र जीराका फाइदा सँगसँगै यसका केही वेफाइदा पनि छन् । यसको प्रयोगले कतिपय अवस्थामा फाइदा भन्दा घाटा गर्छ ।
जीरा पानीको वेफाइदाः
– मुटु पोल्ने समस्या
– कलेजो खराव हुने
– रक्तचाप कम हुने
– महिनावारीको समयमा रगत धेरै बग्ने
– पखाला लाग्ने
जीरा पानी तौल घटाउनको लागि निकै फाइदाजनक हुन्छ । यो बनाउन र प्रयोग गर्न पनि सहज हुने भएकाले दैनिक यसलाई खान सकिन्छ ।
यो पनि पढ्नुस
हामी सबै मोबाईल प्रयोग गछौ । मोबाईल फोन प्रयोग गर्ने बानी सबैमा छ । मोबाईल अहिलेको अत्यावश्यक प्रयोग सामाग्री भईसकेको छ । अन्य समयमा मोबाईलको प्रयोग र राती सुत्नुभन्दा अघिको मोबाईल प्रयोगमा भने ध्यान दिनुपर्छ ।
दिनमा त ठिकै छ तर राती सुत्नु भन्दा पहिले कम्तीमा पनि एक घण्टा अघि मोबाईलाई आफूबाट टाढा राख्नुपर्छ । यदि यसो गरेनौ भने हामीमा केहि समस्याहरु निम्तीन सक्छन् ।
सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने तथ्य बाहिरिएको छ । करिब १ लाख मानिसहरुमा गरिएको सर्वेक्षणपछि उक्त तथ्य सार्वजनिक भएको हो । राति सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने पत्ता लगाइएको समाचार संस्था इन्डिपेन्डेन्टले उल्लेख गरेको छ । यसअघि पनि आरामपूर्ण निद्रा पुर्याउन सुत्ने समयमा मोबाइल चलाउनु उचित नहुने अध्ययनले देखाएको थियो ।
तरपनि अधिकांश मानिसहरु फेसबुक, ट्वीटर र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरु घण्टौँसम्म स्क्रोल गरेर मात्र निदाउने गर्दछन् । यही विषयमा अध्ययन गरिरहेका विज्ञहरुले अहिले यस्ता मानिसहरुमा तनाव, एक्लोपना, बाइपोलार डिस्अर्डर र व्यक्तित्वमा नकारात्मक असर जस्ता मानसिक रोगहरु देखा पर्ने दाबी गरेका छन् ।
वास्तवमा मोबाइलको प्रयोगका कारण मानिसहरुले पूरा निद्रा लिन नपाउने हुनाले शरीरको २४ घण्टे प्रणालीमा अवरोध आउने अध्ययनकर्ताहरुको भनाइ छ । युनिभर्सीटी अफ ग्लासगोका प्रोफेसरहरुले प्रकाशन गरेको ‘ल्यान्सेट साइकियाट्री’ अध्ययनमा नै पहिलोपटक यसले शरीरको दैनिक साइकलमा खराब प्रभाव पार्ने उल्लेख गरिएको थियो ।
यसैको सर्वेक्षणका क्रममा राति मात्र सक्रिय मानिसहरुकोे नाडीका गतिविधि र आन्तरिक शरीरिक प्रणालीमा आउने अवरोधबारे अनुसन्धान गर्न सात दिनसम्म हातमा एक्सेलोमिटर राखिएको थियो । यसै प्रक्रियापछि अनुसन्धानकर्ताहरुले २५ मध्ये एक जनामा असामान्य मानिसक गतिविधि देखा पर्ने बताएका हुन् ।
त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् ।
त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् । उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ ।
मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।
राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा
तौल बढ्ने
सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।
समस्या समाधानमा कठीन
सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।
दिमागलाई असर
सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।
आँखामा प्रेशर
अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।
निन्द्रामा समस्या
यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।
ध्यान दिन नसक्नु
मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।