समाचार

मनकारी हिरो पल शाह, जन्मदिन मनाउन अनाथ आश्रम पुगे

काठमाडौं १० फागुन / चलचित्र नाई नभन्नु ४ बाट रजटपटमा डेव्यु गरेका चर्चित नायक तथा मोडल पल शाहले आज २३ अौं जन्मदिन मनाएका छन् ।आजको विशेष दिनमा उनले घर परिवार र अनाथ आश्रमका बालबालिकाहरु रमाउँदै केक काटेर जन्मदिन मनाएका हुन् । पश्चिम नेपालको दाङ जिल्लामा जन्मिएका पल शाहको पूरा नाम ( पुर्ण विक्रम शाह ) हो ।

पल शाह र पूजा शर्मा स्टारर चलचित्र म यस्तो गीत गाउछुँ २ यहि फागुन ३० गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको छ । उक्त चलचित्रमा समावेस ३ वटा गीत सार्वजनिक भइसकेको छ ।चलचित्र म यस्तो गीत गाउछुँ बाट जोडिएको पल र पूजाको नाम फेरि यस्कै सिरिजमा दर्शकले यी जोडीलाई देख्न पाउने भएको छ ।

Related Articles

Back to top button
Close