Saturday, February 22

पशुपति क्षेत्रको कली मन्दिरमा तो’डफो’ड गरेर नागको मुर्ति चो’री

January 25, 2020 596

पशुपति क्षेत्रमा रहेको विरुपाक्ष मन्दिरमा तो’डफो’ड गरिएको छ । मानसिक सन्तुलन गुमाएकी एक महिलाले बुधबार तो’डफो’डको प्रयास गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तो’डफो’डको प्रयास गरिएको विरुपाक्षको मन्दिरलाई कलीको मन्दिरका रुपमा मानिसहरुले विश्वास गर्दछन् । एक महिलाले विरुपाक्ष मन्दिरको काठको ढोका फो’रेर भित्र पसी मूर्ति तो’डफो’ड गर्ने उद्देश्यका साथ मूर्ति हल्लाउन खोजेको समेत बताइएको छ ।

बुधबार दिउँसो तीन बजेतिर एक महिलाले विरुपाक्ष मन्दिरको काठको ढोका फोरेर भित्र पसी मूर्ति तो’डफो’ड गर्ने प्रयास गरेकी थिइन् । उनले मूर्ति हल्लाउन खोजेकी थिइन्। यस्तै मन्दिरको आँखी झ्याल ती महिलाले फो’डेको पूजारी मदन भट्टले बताएका छन्।

बिहान ६ बजे मन्दिरको ढोका खोलेर दिउँसो दुई बजे बन्द गरिएकोमा त्यसपछि ती महिला आएर तो’डफो’ड गरेको पूजारी भट्टले दाबी गरेका छन् । पूजारी भट्टले पशुपति क्षेत्र विकास कोषमा ढोका बलियो बनाइ पाउँ भनि निवेदन पनि दिएका छन् । तो’डफो’डमा संलग्न महिलाले मन्दिरबाट तामाको नाग लिएर गएकी थिइन् । सो नाग गौशाला प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

यो पनि समाचार

जाडो मौसम शुरु भइसकेको छ । जाडोयाममा धेरै चिसो हुने भएकाले नवजात शिशु र सुत्केरी आमा दुवैका लागि जोखिम हुनसक्छ । नवजात शिशुको केयर गरिएन भने उनसमा छिटो संक्रमण हुनसक्छ ।

नवजात शिशुलाई जति नै कपडा लगाइदिएपनि चिसो हुन्छ । मौसम परिवर्तनको असर उनीहरुलाई धेरै हुन्छ जसको रोगसँग लड्ने क्षमता कमजोर हुन्छ । त्यसैले नवजात शिशु पनि धेरै कमजोर हुन्छन् । चिसो मौसममा बच्चाहरुलाई रुघाखोकी र घाँटीमा संक्रमण हुने खतरा बढी हुन्छ ।

जाडो मौसममा चिसोबाट बच्न न्यायो कपडा लगाएर तातो बनाएर राख्नुपर्छ । चिसो बढी भएमा बच्चा बिरामी पनि पर्न सक्छ । बच्चाको सास फेर्ने नली साँघुरिन्छ यस्तोमा खकार जमेर सास लिनमा कठिनाई हुन सक्छ ।

नवजात शिशुलाई चिसोबाट कसरी जोगाउन यस्तो गर्नुस्

–धुलो, धुँवादेखि नवजात शिशुलाई टाढा राख्नुपर्छ । धुलो, धुँवाले नवजात शिशुलाई दमको समस्या हुने, झाडापखला लाग्ने हुनसक्छ । त्यसैले घर वरपरको वातावरणमा पनि विशेष ध्यान दिनुपर्छ ।

–नवजात शिशुलाई दिनै नुहाउनुको सट्टा मनतातो पानीमा सफ्ट एन्टिब्याक्टेरियल लिक्वीड हालेर नरम कपडा भिजाएर पुछ्नुपर्छ ।

–मौसम बदल्ने वित्तिकै शिशुलाई न्यानो कपडा लगाइदिनु पर्छ । हल्का चिसो छ भनेर वेवास्ता गर्नु हुँदैन । शिशुलाई जहिले पनि मोजा टोपी लगाइदिनुपर्छ ।

–शिशुलाई मसाज एकदमै जरुरी हुन्छ । मसाज गर्दा तेललाई मनतातो बनाएर प्रयोग गर्ने गर्नुहोस् ।

–शिशुलाई न्यानो कपडा लगाइदिएर घाममा राख्नुपर्छ । बिहानको घाममा राख्दा ताजा हावाको साथै भिटामिन–डी पनि प्राप्त हुन्छ ।

–शिशु ६ महिना भन्दा बढी भएको छ भने खाना पनि खान्छ । खाना खुवाँउदा चिसो र बासी खाना खुवाउनु हुँदैन ।

–स्वेटर लगाउँदा राम्रो क्वालिटिको मात्र लगाइदिने गर्नुपर्छ । जस्तो पायो त्यस्तै क्वालिटिको कपडाले शिशुलाई एलर्जी हुनसक्छ ।

–नवजात शिशुको छाला एकदमै संवेदनशिल हुन्छ । त्यसैले संक्रमण हुने खतरा बढी हुन्छ । त्यसकारण शिशुलाई समाउन अघि साबुन पानीले राम्रोसँग धुनुपर्छ ।

–शिशुलाई आमाको दुध अघाउन्जेल खुवाउनुपर्छ । आमाको दुधमा रोगसँग लड्न सक्ने क्षमता हुन्छ ।

Loading...

प्रतिकृया दिनुहोस्