भिडियो

धुलिखेलमा टिपरसँग मोटरसाइकल ठोकिँदा दुइ जना घाइते (भिडियो सहित)

धुलिखेल, १० फागुनः अरनिको राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेलमा टिपरसँग मोटरसाइकल ठोकिँदा दुइ जना घाइते भएका छन् । दिउँसो धुलिखेलबाट बनेपा तर्फ जादैँ गरेको बा ६८ प ११४५ नम्बर मोटरसाकइल धुलिखेल तर्फ आउँदै गरेको बा ५ खर ५६४४ नम्बर टिपरसँग ठोकिएको थियो ।

शनिबार दिउँसाे धुलिखेल अरनिको शालिक नजिकै पेट्रोल पम्पमा तेल हाल्न मोडिदै गरेको टिपरसँग मोटरसाइकल ठोक्किन पुगेको थियो । दुर्घटनामा मोटरसाइकल चालक धुलिखेल नगरपालिका वडा नम्बर ९ का ६५ बर्षीय बद्रीप्रसाद हुमागाई घाइते भएका छन् । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । त्यस्तै मोटरसाइकलको पछाडि बस्ने बारा घर भइ हाल धुलिखेल बस्दै आएका ५५ बर्षीय ललन कुसुवा सामान्य घाइते भएका छन् ।

मोटरसाइकलमा तीन जना सवार थिए । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related Articles

Back to top button