मनोरंजन

दिलिपकी छोरीको चलचित्र डेब्यु नेपाली मिडियामा हल्ला मात्र !!

नायक दीलिप रायमाझी अमेरिकामा पुगेपनि उनको मन भने नेपाली चलचित्र भन्दा टाढा जानै सकेन । उनी, अमेरिकामा भन्दा बढी समय नेपालमा नै बिताइरहेका छन् । केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरिरहेका दीलिप अब आफै निर्माता बन्दैछन् ।उनले निर्माण तथा अभिनय गर्न लागेको चलचित्रको नाम ‘लक्का जवान’ राखिएको छ । यो चलचित्रलाई शिवहरि पौडेलको लेखन तथा निर्देशनमा तयार गरिदैछ । चलचित्रमा किरण केसी मुख्य भूमिकामा रहनेछन्

उनको साथमा, प्रियंका कार्की, शिवहरि पौडेल, दीलिप रायमाझी पनि मुख्य भूमिकामा हुनेछन् ।तर, यो चलचित्रबाट नायक रायमाझीकी छोरी दिव्या रायमाझीले डेब्यू गर्न लागेको चर्चा चलिरहेको छ । केही समय अगाडि अनलाइनखबरसँगको भेटमा निर्देशक पौडेलले पनि दिव्यालाई डेब्यू गराउन प्रयास गरिरहेको बताएका थिए ।तर, चलचित्रका निर्माता तथा कलाकार किरण केसीले भने यो चलचित्रबाट दिव्याले डेब्यू नगर्ने बताएका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै उनले भने–‘चलचित्रका लागि एक जना नायक र एक जना नायिकाको आवश्यकता अझै छ । दिलिपकी छोरीलाई डेब्यू गराउने बिषयमा कुरा भएको छैन ।’तर, सामाजिक संजालमा दिव्याले चलचित्र क्षेत्रमा पाइला राख्नुपर्ने प्रतिक्रिया आइरहेका छन् । दीलिपले पनि छोरीको डेब्यूको बिषयमा पक्कै सोचेको हुनुपर्छ । नेपालमा हाँस्य कलाकारले फरक फरक गु्रप बनाएर चलचित्र बनाउने क्रम बढेको समयमा शिवहरि पनि नयाँ चलचित्र निर्देशनमा लागेका हुन् ।

Related Articles

Back to top button
Close