समाचार

संसदमा उर्जामन्त्री पुनले हिन्दी भाषामा सेधिएको प्रश्नको उत्तर नदिएपछि

काठमाडौं । मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तरको कार्यक्रम तय भएको थियो । सभामुख अग्नि प्रसाद सापकोटाले सुन्य समयमा बोल्नेहरुको क्रम सकिएपछि प्रश्नोत्तर सुरु गरे ।

सुरुमा नै पालो आयो ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको उनलाई सवैभन्दा पहिला नेककिपाका सांसद प्रेम सुवालले प्रश्न गरे । रंगमति शाही र सरिता गिरिले पुरक प्रश्न गरे ।

जवाफ दिने क्रममा मन्त्री पुनले सांसद सुवाल, तथा शाहीका प्रश्नको उत्तर दिए भने सांसद गिरीका प्रश्न नबुझेको भन्दै उत्तर दिएनन् । सामान्यतया संसदमा सबैले सरकारी कामकाजको नेपाली भाषामा नै बोल्ने गर्दछन् ।

तर आफुलाई मन लागेका अन्य अन्तराष्ट्रिय तथा मातृ भाषामा पनि बोल्न पाईने प्रावधान छ । सोही अनुसार सांसद गिरीले हिन्दी भाषामा पुरक प्रश्न गरिन् ।

मन्त्री पुनको सचिवालयका अनुसार मन्त्री पुन नेपाली, अंग्रेजी, हिन्दी तथा मगर भाषा बुझ्न र बोल्न सक्दछन् । तर उनले संसदमा सांसद गिरीले हिन्दीमा सोधेको प्रश्न नबुझेको भन्दै उत्तर दिएनन् ।

Related Articles

Back to top button
Close