समाचार

कोरोना भाइरस दक्षिण कोरियामा पनि फैलियो

सोल : चीनमा महामारीकै रुप लिएको कोरोना भाइरसको संक्रमण छिमेकी दक्षिण कोरियामा पनि देखिएको छ ।पछिल्लो समय कोरियामा कोरोना भाइरसका बि’रामी ह्वात्तै बढेका छन् । प्रधानमन्त्री चुङ स्ये क्युनले देशमा सं’कटकालीन अवस्था आएको बताएका छन् ।

कोरियाली दुई सहर डाएगु र चेओङ्डोलाई विशेष नि’गरानी गरिएको बताइएको छ ।डाएगुमा संक्रमण फै’लन सक्ने भन्दै विशेष सावधानी अपनाइएको बिबिसीले जनाएको छ । केही क्षेत्रमा सैनिकहरुमा पनि कोरोना भाइरस भेटिएपछि फै’लन सक्ने भन्दै विशेष नि’गरानी गरिएको छ ।

दक्षिण कोरियामा जम्मा ९ हजार मानिसलाई क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार शुक्रबार मात्रै ५२ जनामा संक्रमण भेटिएको छ ।

बिहीबार भने ५३ जनामा संक्रमण देखिएको थियो । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस विश्वभर ७६ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ । यस्तै २२ सय भन्दा धेरैको मृ’त्यु भइसकेको छ ।

Related Articles

Back to top button
Close