भिडियो

धुर्मुस सुन्तलीले बनाए नया रेकर्ड, ‘सेन्टी भाइरस’ ले पिट्यो तहल्का …..(भिडियो सहित)

महाशिवरात्रीको अबसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको धुर्मुस सुन्तलीको निर्माणमा बनेको फिल्म ‘सेन्टी भाइरस’ले सुखद ओपनिङ गरेको छ । निर्माण टिमले पहिलो दिन आफ्नो फिल्मले १ करोड माथीको ग्रस बिजनेस गरेको दाबी गरेको छ । फिल्मको आधिकारिक सामाजिक सञ्जालमा पहिलो दिन १ करोड १२ लाखको ग्रस बिजनेस गरेको उल्लेख गरिएको छ । जहाँ उपत्यकाबाट ५९ लाख र मोफसलको कलेक्सन ५३ लाख उल्लेख छ । धेरैपछि नेपाली फिल्म हेर्न हलमा शुक्रबार दर्शकको भीड देखियो ।

फिल्मले राजधानी र मोफसलका अधिकांश हलमा दिवा शोजहरुमा हाउसफूल बिजनेस गर्यो । मल्टिप्लेक्सतर्फको अकुपेन्सी पनि सुखद रह्यो । इनिसियल बिजनेसमा अब्बलता देखाउने प्रष्टै हुँदा समिक्षक प्रतिक्रिया र वर्ड अफ माउथ कस्तो रहन्छ त्यो हेर्न बाँकी छ ।

Related Articles

Back to top button
Close