समाचार

एकाविहानै फेरि आयो सारा देशबासीलाई रुवाउने खबर!

सुदूरपश्चिम प्रदेशमा शनिबार १० कोरोना सङ्क्रमितको उपचारका क्रममा मृ`त्यु भएको छ।स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरका ५ पुरुष र १ महिला, कैलालीका २ महिला र १ पुरुष तथा बझाङका १ पुरुषको मृत्यु भएको छ।

शनिबार प्रदेशमा पिसिआर पद्धति र एन्टिजेन पद्धतिबाट १ हजार ४१५ को नमूना परीक्षण गर्दा ४३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।हालसम्म एन्टिजेन परीक्षणबाट सङ्क्रमण भएकामध्ये २० र

पिसिआर परीक्षणबाट सङ्क्रमण भएकामध्ये ८० जनाको मृ`त्यु भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ।अक्सिजनको सहयोग लिएर ३४ र ‘मोडरेड केस’ ५ जनाको उपचार भइरहेको छ।** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button