भिडियो

‘भ्वाइस अफ नेपाल’का कोच प्रमोद खरेलबारे झुटो समाचार फैलिएपछि.. खरेलको कडा आपत्ति, मिडियामा आएर यस्तो भने (भिडियो हेर्नुस)

सुदिप भण्डारी

आफ्नो बारेमा गलत समाचार केहि अनलाईनहरुले छापेपछि चर्चित गायक प्रमोद खरेलले आपत्ति जनाएका छन् । हिजादेखि उनको दुर्घटाको खबर केहि अनलाईन न्युजहरुमा भाईरल भएका थिए, जुन गलत थियो, प्रमोदले फेसबुकमा लेखेका छन् । ‘केहि अनलाईन न्युजहरुमा भ्वाईसको सुटिंग बाट फर्कदा मेरो गम्भीर दुर्घटना भयो भनेर भ्रामक कपोकल्पीत र झुटा समाचार प्रकाशन भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । म एकदम ठिक छु र म कुनै दुर्घटना मा नपरेको जानकारी गरॉउछु । समाचार को नाममा सोसल मिडियाको यसरी दुरुपयोग नगरीदिनु होला कृपया गलत समाचार सुनेर चासो व्यक्त गर्नु हुने सबैलाइ धन्यवाद र यो ग़लत समाचार हो भनेर बुझिदिन हुन सबैलाइ अनुरोध गर्दछु ।

यसैबिच प्रमोद आफ्नो फेसबुक लाईभमा आएर पनि यस बिषयमा बोलेका छन् । उनले यस्ता समाचारहरुले तपाईको न्युज पोर्टलको भ्युज त बढ्ला तर मेरा शुभचिन्तकहरु र आफन्तहरुको मन दुख्छ भन्दै अबका दिनमा यस्ता समाचारहरु सम्प्रेषण नगर्न भने । उनले भ्वाईस अफ नेपालको बिषयमा पनि केहि बोले भिडियो हेर्नुस

Related Articles

Back to top button