अन्तर्राष्ट्रिय समाचार

कोभिड अस्पतालमा भीषण आगलागी, १८ बिरामीको मृत्यु

काठमाडौं । भारतको गुजरात राज्यमा पर्ने भरुचस्थित कोभिड अस्पतालमा भी’षण आ’गला’गी हुँदा १८ बिरामीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार राति साढे १२ बजेतिर पटेल वेलफेयर अस्पतालमा भी’षण आ’गाला’गी भएको हो ।

जसलाई कोरोना संक्रमितको उपचार गर्ने अस्पताल (कोभिड केयर सेन्टर) बनाइएको थियो । भारतीय पत्रिका नवभारत टाइम्सका अनुसार मृतकको संख्या अझ बढ्ने सम्भावना छ ।

कोरोना सङ्क्रमित भारतीय टिभी पत्रकार सरदानाको मृत्यु

भारतीय टिभी पत्रकार रोहित सरदानाको कोभिड–१९ को सङ्क्रमणपछि उपचारका क्रममा निधन भएको छ । पत्रकार सरदानालाई अप्रिल २४ मा सङ्क्रमण पुष्टि भएको थियो । उहाँले दिल्लीस्थित नोयडाको मेट्रो अस्पतालमा मृत्यु भएको उहाँ कार्यरत भारतीय समाचार संस्था आजतकले समाचारमा उल्लेख गरेको छ ।.

जी–न्यूजमा प्रसारण हुने ‘ताल ठोक के’ कार्यक्रमबाट निकै चर्चित उहाँले सन् २०१७ मा जी–न्यूज छाडेर आजतकमा जानुभएको थियो । आजतकबाट प्रशारण हुने चर्चित कार्यक्रम ‘दंगल’ का कार्यक्रम सञ्चालक सरदानाको निधनमा भारतीय राजनीतिज्ञ र सेलिब्रेटीहरूले शोक व्यक्त गरेका छन् ।

बिहीबारसम्ममा भारतमा पछिल्लो २८ दिनमा कोरोनाका कारण ५२ जना र पछिल्लो एक वर्षमा कोभिड–१९ का कारण १ सय १ जना पत्रकारको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाका छन् ।

त्यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार संघीय मन्त्री परिषद्को बैठकमा सरकारको सबै अङ्ग एकजुट र द्रूत रूपमा काम गरिरहेको बताउनुभएको छ । कोभिड–१९ को दोस्रो लहरले पैदा गरेको अवस्थालाई सामना गर्न जनताको बीचमा पुगेर काम गर्न उहाँले बैठकमा उच्चपदस्थ कर्मचारी तथा मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ ।

उहाँले मन्त्रीहरुलाई आ–आफ्नो क्षेत्रका मानिसहरुसंग सम्पर्कमा रहन, मद्दत गर्न र उनीहरूको सुझाव लिन पनि आग्रह गर्नुभएको उहाँको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री मोदीले स्थानीय स्तरमा समस्याहरु तुरुन्त पहिचान गरी सम्बोधन गर्न सुनिश्चित हुनुपर्नेमा जोड दिनुभएको बताइएको छ । भिडियो सम्मेलनको माध्यमबाट बसेको बैठकमा केन्द्रीय मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सचिव र क्याबिनेट सचिव पनि उपस्थित थिए ।

कोरोना सङ्क्रमित भारतीय टिभी पत्रकार सरदानाको मृत्यु

भारतीय टिभी पत्रकार रोहित सरदानाको कोभिड–१९ को सङ्क्रमणपछि उपचारका क्रममा निधन भएको छ । पत्रकार सरदानालाई अप्रिल २४ मा सङ्क्रमण पुष्टि भएको थियो । उहाँले दिल्लीस्थित नोयडाको मेट्रो अस्पतालमा मृत्यु भएको उहाँ कार्यरत भारतीय समाचार संस्था आजतकले समाचारमा उल्लेख गरेको छ ।.

जी–न्यूजमा प्रसारण हुने ‘ताल ठोक के’ कार्यक्रमबाट निकै चर्चित उहाँले सन् २०१७ मा जी–न्यूज छाडेर आजतकमा जानुभएको थियो । आजतकबाट प्रशारण हुने चर्चित कार्यक्रम ‘दंगल’ का कार्यक्रम सञ्चालक सरदानाको निधनमा भारतीय राजनीतिज्ञ र सेलिब्रेटीहरूले शोक व्यक्त गरेका छन् ।

बिहीबारसम्ममा भारतमा पछिल्लो २८ दिनमा कोरोनाका कारण ५२ जना र पछिल्लो एक वर्षमा कोभिड–१९ का कारण १ सय १ जना पत्रकारको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाका छन् ।

Related Articles

Back to top button