समाचार

कोरोनाको फेरी नयाँ स्ट्रेन फेला, हावामा एक घन्टा बस्छ

काठमाडौ । दोस्रो लहरको कोरोनाले महामारी फैलिएकै बेला फेरी नयाँ स्ट्रेन फेला परेको छ । श्रीलंकामा अहिलेसम्मकै सबभन्दा खतरनाक कोरोना स्ट्रेन फेला परेको अन्तराष्ट्रिय समाचारले जनाएका छन् । यो एक घन्टासम्म हावामा बस्न सक्ने त्यहाँका शीर्ष इम्युनोलोजिस्टले बताएकी छन् । नयाँ स्ट्रन फेला परेपछि स्वास्थ्यकर्मीलाई थप चिन्ता बढाएको छ ।

अझ धेरै संक्रमित बढ्न सक्ने भन्दै सचेतना अपनाउन सरकारले आग्रह समेत गरेको छ । यो भेरिएन्ट अत्यन्तै संक्रामक छ र हावामा एक घन्टासम्म बस्न सक्छ, श्री जयवर्दनपुरा विश्वविद्यालयमा इम्युनोलोजी यान्ड मोलिक्युलर सायन्सेज विभागकी प्रमुख नीलिका मालाविगेले बताइन् ।

‘देशमा फेला परेको कोरोना भेरिएन्टमध्ये यो सबभन्दा बढी संक्रामक हो । यो स्ट्रेन हावामा रहन्छ र ड्रपलेटहरू लगभग एक घन्टासम्म हावामा रहन सक्छन्,’ मालविगेले बताइन् । गत साता नववर्षको उत्सव मनाउँदा भएका भीडभाडका कारण नयाँ भेरिएन्ट द्रुत गतिमा फैलिएको स्वास्थ्य अधिकारीहरूले डर मानेका छन् ।

‘आगामी दुई इन्क्युबेसन पिरियडमा रोग तेस्रो लहरमा जान सक्छ,’ सार्वजनिक स्वास्थ्य निरीक्षक उपुल रोहनाले बताए । यसको वास्तविक चित्र अबको तीन हप्तामा स्पष्ट हुने उनको भनाइ छ । श्रीलंकाको कोभिड रोकथाम मन्त्रालयले नयाँ निर्देशिका जारी गर्दै विभिन्न किसिमका प्रतिबन्ध मे ३१ सम्म लागू रहने जनाएको छ ।

Related Articles

Back to top button