समाचार

काठमाडौमा पनि अब विद्यालय बन्द हुने, महानगरले थाल्यो यस्तो तयारी

काठमाडौँ । काठमाडौमा पनि कोरोनाको दोस्रो लहर सुरु हुने संकेत देखिएपछि अब विद्यालय बन्द हुने भएका छन् । विद्यार्थीमा कोरोना देखिएपछि काठमाडौँ महानगरपालिकाले विद्यालय बन्दको तयारी गरेको जनाएको छ । पछिल्लो समय कोरोना पुष्टि भएकाहरुमा १८ वर्ष मुनी उमेरका बालबालिकाको संख्या पनि उल्लेख्य छ । विद्यालयहरु कोरोनाको हट स्पट बन्न थालेपछि बन्दको तयारी थालिएको हो ।

महानगरले शुक्रवार बाट लागू हुने गरी विद्यार्थीमा कोरोना देखिएका विद्यालय बन्दको तयारी गरेको हो । काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले केहीबेरमा विद्यालय सञ्चालनबारेको सूचना जारी गर्ने जानकारी दिएका छन् । काठमाडौँका केही विद्यालयमा विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको छ । यस्तो अवस्थामा विद्यालयले के गर्ने भन्ने योजनासहितको सूचना महानगरले जारी गर्ने बताइएको छ । ‘

उनले अहिले आफू कार्यलय जाँदै गरेको र कार्यालय पुगेपछी सूचना जारी गर्ने खबरहबलाई बताए । अहिले काठमाडौँको चावहिलस्थित मित्र आधारभूत विद्यालयका शिक्षक, नक्सालमा रहेको नन्दिरात्री माध्यमिक विद्यालय र प्रदर्शनी मार्गको पद्मोदय माध्यमिक विद्यालयका विद्यार्थीमा कोरोना देखिएको छ । कोरोनाको दोस्रो लहरमा विद्यार्थीमा कोरोनाको दर बढेपछि महानगरले काठमाडौँका विद्यालयलाई लक्षित गर्दै सूचना जारी गर्न लागेको हो ।

Related Articles

Back to top button