समाचार

आमा बुवालाई वृद्ध आश्रम होइन भगवान सम्झेर घरमा राखौं

शोभा रावत संसारकारकै सवैभन्दा मुल्यवान भनेको आफुलाई जन्मदिने आमा बुवा हो । जसको तुलना हामी संसारकै महंगो वस्तुसंग पनि गर्न सक्दैनौं जति मुल्यवान आमा–वुवा हुन्छन् । शब्द सुन्दा नै कति प्यारो कति आनन्दित हुन्छौं हामी आमा–बुवा ।

एउटा भनाई छ, त्वमेव माता च पिता त्वमेव, त्वमेव बन्धुश्च सखा त्वमेव। त्वमेव विद्या च द्रविणम त्वमेव, त्वमेव सर्वमम देव देवः।।

जो संग मायाँको खानी छ र जसको छहारीमा हामी शितलता महसुश गर्न सक्दछौं । जहाँ हामी हरेक पीडा, बेदना, दुःख यति मात्रै नभई खुसीको पल पनि खुलेर पोख्न सक्दछौं। मन भारी भएको बेला खुलेर रुन या मन खुसी भएको बेला मज्जाले खुलेर हाँस्न । आमा–वुवा हाम्रो केवल आमा वुवा मात्रै नभई हाम्रो साथी जो हामी निर्धक्क भएर हरेक कुरा राख्न सक्छौं र गुरु पनि हामीले जिवनका हरेक कुराहरु सिक्ने अवसर पाउँछौं ।

आमा वुवाले हामीसंग हरेक सम्बन्धलाई निभाईरहनुभएको हुन्छ सन्तानको खुशीको लागि । संसारमा सबै चिज एकपल्ट गुमे भनेपनि पुनः मेहनत गरियो भने अवस्य हासिल गर्न सकिएला तर आमा–बुवालाई गुमायौं भने फेरी करोडौं रुपैँया खर्चेर पनि पाउन सकिदैन । धन, सम्पति, भन्ने कुरा तर एकपल्ट गुमाईयो भने पनि पुनः कमाउन सकिएला । त्यो घर कहिलै घरहुँदैन जहाँ आमा बुवाको अभाव हुन्छ । आमा वुवा पाउनलाई जति सुकै पैसा खर्चिएपनि पुनः प्राप्त गर्न सकिदैन ।

अरु ईष्टमित्र नयाँ जोड्न सकिएला तर आमा वुवाको सम्बन्ध जोडेर जोडिने सम्वन्ध होईन । धन, सम्पति, भन्ने कुरा तर एकपल्ट गुमाईयो भने पनि पुनः कमाउन सकिएला । त्यो घर कहिलै घरहुँदैन जहाँ आमा बुवाको अभाव हुन्छ । त्यो घरमा कुनै संस्कार हुँदैन जहाँ आमा बुवालाई उपेक्षा गरिन्छ । र त्यो घरमा कहिलै खुशी छाउने छैन जहाँ आमा बुवालाई रुवाईन्छ । घर त त्यो हो जहाँ आमा वुवालाई भगवान मानिन्छ र पुजिन्छ ।

आमा वुवालाई आदर गरिन्छ मायाँ दिईन्छ । पैसा वा धन सम्पत्तिका लागि कहिलै पनि आफ्ना आमा बुवालाई रुवाउनु कदापी उचित होईन । आमा–बुवाको मायाँको तुलना धन र पैसा संग गर्नु एकदमै मुर्खता हो । हरेक आमा–बुवाले आफ्ना सन्तानको कुभलो कहिलै सोचेका हुँदैनन् । हामीलाई सहि बाटोमा हिँड्न सिकाउने, अगाडी वढ्न हौसला दिने, उपर्युक्त निर्णय लिन प्रेरीत गर्ने पहिला गुरु भनेकै आमा–बुवा हुन् । त्यसैले आमा–बुवाले हिँड्न सिकाएको बाटो कठिन अवस्य होला तर सही र सत्यको वाटो हो जो वाटो हिँडियो भने एकदिन अवस्य सफलता मिल्ने छ ।

यस्तै आफु जतिसुकै सफल व्यक्ति भएपनि बाबु–आमालाई कहिलै घृणा नगरौं । गाउँघरमा भनिने एउटा भनाई छ कि चार धाम धाएर मात्रै कुनै अर्थ छैन यदी आफ्नै जन्म दिने आमा–वुवाको आँखामा आँशु झारिन्छ भने । दैनिक ढुँगाको मुर्तिलाई पुज्नु को कुनै अर्थ छैन जब आमा वाबु लत्याईन्छ भने । ति बुवालाई सम्झनु पर्छ कि जसले आफ्नो छोरालाई डक्टर पढाउनलाई आफ्ना मनका हरेक रहर मारेर छोरा–छोरीको खुशी मा खुशी हुनु भएको थियो । बुवा जो सन्तानका हरेक रहर सपना पुरा गर्दा कहिलै दुःखी हुनु भएन । प्लस खबर ।

Related Articles

Back to top button
Close