मनोरंजन

‘परदेशी २’ शुभ मुहुर्त पछि प्रकाश सपूतले लेखे : मेरो सपना पूरा भएको छ ।

काठमाडौं ०९ फागुन / बरिस्ठ गायक तथा गीतकार नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ को आज शिवरात्रीको अवसर पारेर सुभ मुहुर्त सम्पन्न गरिएको छ । चलचित्रको मुख्य भुमिकामा चर्चित गायक तथा मोडल प्रकाश सपूत र अभिनेत्री वर्षा शिवाकोटीको रहने निर्माण टिमले जानकारी दिएको छ ।

गायक सपूतले परदेशी २ बाट फिल्मनगरिमा डेव्यु गरेका हुन् । विद्यार्थीको कथामा निर्माण हुन लागेको यस चलचित्र आउँदो दशैमा देशभर रिलिज हुने पनि जानकारी दिएका छन् ।

चलचित्र परदेशी २ को शुभ मुहर्त पछि प्रकाश सपूतले यस्तो लेखेका छन् :

र अब म संग नया सपना छैन ।किनकि अधुरो एउटा सपना पनि पुरा भएको छ – चलचित्रमा अभिनय गर्ने । हिरो बन्ने ! “सपना पुरा भएकोमा जति खुसी र उत्साहित छु त्यतिनै डर पनि लागिरहेको छ कि मेरो करियरको आगामी यात्रा कता र कस्तो हुन्छ भनेर ! तर सांगितिक यात्रा होस या चलचित्रको यात्रा म मेरो काम ईमान्दारता, गम्भिरता र मेहनतका साथ गर्नेछु भन्ने आत्मविश्वास पनि छ ।

तपाईहरुको सल्लाह सुझाव र शुभेच्छा सधै रहने अपेक्षा सहित आदरणिय नारायण रायमाझि सरको निर्देशनमा बन्ने चलचित्र “ परदेशि २ “ मा मुख्य नायकको रुपमा आवद्द भएको औपचारिक जानकारी गराउछु ।

चलचित्रको आज शुभ- मुहूर्त गरिएको छ । आजकै मिति बाट करिब २ महिना चलचित्रको छायांकन हुने भएकोले यो विचमा पुर्व निर्धारित विदेशका केहि कार्यक्रम बाहेक देश / विदेशका कुनै पनि सांगितिक कार्यक्रममा सहभागि हुन नसक्ने पनि जानकारी गराउछु । बैशाख पछाडि म पुन: संगित कर्ममा फर्किने छु । छोटो तर निकै कष्ठकर यात्रा र संघर्ष पछि अन्तत सपना पुरा भएको छ । मनै देखि बधाई र शुभकामना दिनुस है ।

Related Articles

Back to top button
Close