भिडियो

सानेपा काण्ड : विजय चौधरीका बुवाले खोले कार्की परिवारको डरलाग्दो पोल (भिडियो)

काठमाडौं । घरेलु कामदारका रुपमा राखिएका विजय चौधरीका बुवा जानकी चौधरीले सिसिटिभी फुटेज हेरेर पनि त्यो घटनामा आफ्नो छोरा हो भन्ने कुनै पुष्टि नहुने बताएका छन् । उनले ठूलो मान्छेको घरमा पठाएपछि अरु राम्रो काम गराईदेलान् ठूलो मान्छे बन्ला भन्ने लागेर अर्जुनको घरमा पठाएको बताए । उनले आफ्नो छोराको सो घटनामा कुनै संलग्नता नभएको दावी गरेका छन् ।

अर्जुन कार्कीको घरमा घटना भएको दिन रेकर्ड भएको भनिएको सिसिटिभी फुटेजमा देखिएका ब्यक्ति आफ्ना छोरा नै हो भनेर भन्न नसकिने बताएका छन् । उनले भिडियो हेर्दा मनु कार्कीलाई आ”क्रमण गर्ने ब्यक्ति को हो भनेर प्रष्ष्ट चिन्न नसकिने बताए ।

भित्र के घटना भएको हो भन्ने सिसिटिभीमा देखिन्न, त्यो भिडियोमा देखिएको ब्यक्ति विजय नै हो भन्ने पनि चिनिन्न उनले भने । कार्कीको घरमा बस्ने अर्का ब्यक्तिले कार्कीको घरमा लिएर गएका थिए । उनले कार्की सरले अर्को मान्छे पनि खोज्नुभएको छ भनेर विजयलाई लिएर गएको हो ।

विजय कार्कीको घरमा जाँदा १४ वर्षका थिए भने अहिले २२ वर्षका भएका थिए । विजय सबैसंग मिल्ने स्वभावको र अहिले सम्म कसैसंग झ”गडा गरेको पनि मलाई थाहा छैन, जानकीले भने, मलाई विजयमाथि षडयन्त्र भएको हो भन्ने लाग्छ ।

विजयले कार्कीको घरमा कहिल्यै दुख भएको भनेर नभनेको पनि बताए । आफु कहिले काही त्यो घरमा जाँदा पनि राम्रै ब्यवहार देखेको बताए । उनले भिडियोमा घटनाको दृष्य मात्र देखिएको र आफ्नो छोरा डोरीमा झुुुुण्डिुएको भने भिडियोमा नदेखिएको बताए । उनले भिडियो हेर्दा पनि घटना संकास्पद भएको बताए । विजयलाई कार्कीको घरमा पैसाका लागि नपठाएको र केही राम्रो काम लगाइदेलान् भनेर पठाएको बताए ।

उनले झु”’ण्डि”दै गरेको देखिदैन एकैपटक छोराको श”व मात्र देखिएको बताएका छन् । उनले आफ्नो छोरा त्यस्तो घटनामा संलग्न भयो होला भन्ने आफुलाई विश्वास नलागेको पनि बताए । उनले अस्पतालवाट आफ्नो छोराको श”व जिम्मा लिएको बताएका छन् । अर्जुनले पनि विजयलाई सरकारी जागिर लगाईदिने आश्वासन दिएको बाबुको भनाई छ ।

कार्की परिवार र चौधरी परिवारबीच थियो यस्तो सम्झौता !

पूर्वसचिव अर्जुन कार्कीको श्रीमती मुना कार्कीको ह””त्या गरेर देहत्याग गरेको भनिएका विजय चौधरी दाङ लमहीका हुन् । पूर्वसचिव कार्की दाङको लमहीस्थित प्रगन्ना सिँचाइ आयोजनाको कार्यालय प्रमुख भएकाले विजय काठमाडौं आउने संयोग जुरेको हो । कार्कीले पहिले लममहीका आसिवन चौधरीलाई घरेलु कामदार बनाएर काठमाडौं ल्याएका थिए । केहि वर्षअघि कार्की नेपाल विद्युत् प्राधिकरणको प्रमुख बनेको वेला आसिवनलाई प्राधिकरणको लमहीस्थित शाखामा जागिर लगाइदिए  । आसिवनले पनि गुन तिर्न विजय चौधरीलाई कार्कीको घरमा घरेलु कामदार बनाइदिएका हुन् ।

‘मैले पनि पहिले कार्की सरको घरमा काम गरेको थिएँ । मैले जागिर गर्ने भएपछि कार्कीसरको घरमा मान्छे चाहियो । मैले नै विजयको घरपरिवारसँग सल्लाह गरेर काममा लगाइदिएको हो ।’ आफन्तहरूका अनुुसार ६ कक्षासम्म पढेर छाडेका विजय कामदारको रूपमा कार्कीनिवासमा प्रवेश गर्दा विजय १४,१५ वर्षका थिए ।

विजयलाई कार्कीको घरमा सरसफाइलगायत काम लगाइएको थियो । तर, कति पैसा पाउने भन्ने निर्धारण गरिएको थिएन । ‘छोराको पढाइ थिएन, कार्की सरले राम्रो जागिर लगाइदिने भनेपछि कार्कीको केही समय घरमा काम गर्न पठाएको हुँ’ विजयका बाबु जानकी चौधरीले भने, ‘छोराले घरमा काम गरे वापत केही पैसा पाइएला भन्ने आशा त थियो, तर ६ वर्षसम्म छोराले एक पैसा पनि पठाएन । तलबबारे कुनै सल्लाह नै नभएकोले हामीले माग्न पनि सकेनौं ।’ जागिर अथवा पैसा केही नपाएपनि छोराले आफुहरूसँग कुनै गुनासो नगरेको पनि उनले बताए ।

काम मिलाइदिएका आसिवनले पनि विजयको पारीश्रमिक निर्धारण नगरिएको बताए । ‘ तलब पक्का गरिएको थिएन । तर, ६ वर्षसम्म कार्की परिवारसँग विजय र उनको परिवारको कुनै म’नमु”टाव भएको पनि सुनिएन,’ आसिवनले भने, ‘किन यस्तो घटना भयो अचम्म परेको छु ।’

चौधरी परिवारका अनुसार विजय अघिल्लो वर्ष तिहारयता घर आएका थिएनन् । तर, बाबुआमासँग फोनमा कुराकानी भइरहन्थ्यो । साता दिनअघि मात्रै उनले बुबा जानकीलाई फोन गरेर कार्की परिवारका लागि तोरीको तेल र मसुरोको दाल पठाइदिन भनेका थिए । ‘उसले काम गर्ने घरको लागि तोरीको पाँच लिटर तेल र पाँच किलो मसुरोको दाल पठाइदिन भनेको थियो,’ जानकीले भने, ‘छोरासँगको अन्तिम कुराकानी नै त्यही थियो ।’ कार्की सरले ड्राइभिङ लाइसेन्स निकालिदिन लागेको खबर पनि त्यतिवेला छोराले सुनाएको जानकीले बताए ।

विजयले ह””’त्या गरेर देहत्याग गरेको पत्याउन अप्ठ्यारो परिरहेको आफन्त र छिमेकीहरू बताउँछन् । बोल्नसमेत लजाउने विजयले यत्रो अ”’पराध गरेको भनेर पत्याउन नसकेको ठूलीआमा अनारकली चौधरीले बताइन् । ‘कहिल्यै झ””गडा गरेको थाहा पाइएन । ऊ त धेरै बोल्दा पनि बोल्दैनथ्यो,’ अनारकलीले भन

Related Articles

Back to top button
Close