समाचार

नेपाल आइडल’मा सबैभन्दा बढी भोट पाउने झापाकी रचना

काठमाडौं । नेपालका टेलिभिजनमा पनि रियालिटि शो निकै चर्चित छन् । नेपाल आइडल फ्रेन्चाइज रियालिटि कार्यक्रम हो भने अर्को चर्चित कार्यक्रम नेपालकै उत्पादनमा बनेको कमेडि च्याम्पियन हो । नेपाल आइडलमा अहिले ८ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । हजारौं प्रतिस्पर्धीवाट आएकाहरुमा गराइएको प्रतिस्पर्धावाट अहिले टप ८ सम्म पुगेको हो । अहिले भोटिगं राउण्ड सुरु भएको छ ।

भोटिगंका आधारमा गरिएको छनौटमा झापाकी रचना रिमालले अहिले सम्म सबैभन्दा धेरै मत प्राप्त गरेको आयोजकले जनाएको छ । तर उनले पाएको भोट कति हो भन्ने खुलाइएको छैन । उनको श्वरलाई मौलिक भनिन्छ । उनले यस अघि आफ्ना केही गित समेत सार्वजनिक गरिसकेकी छन् । पोखराकी ममता गुरुगं वाहिरिएपछि अहिले ८ जनाको प्रतिस्पर्धा चलिरहेको छ । रचनालाई पनि अब्बल प्रतिस्पर्धीका रुपमा हेरिएको छ । यो सिजनमा न्युह वज्राचार्य, कालिप्रसाद वास्कोटा र इन्दिरा जोशी निर्णायकमा छन् । कार्यक्रम आशिष शाह र माम्पी घोषले सञ्चालन गरेका छन् ।

Related Articles

Back to top button
Close