समाचार

७० करोड कमिसनकाण्डका मुख्य योजनाकार अमेरिका लागे

काठमाडौं, सेक्युरिटी प्रिन्टिङ प्रेसमा ७० करोड रुपैयाँ कमिसनको प्रकरणका एक मुख्य पात्र अमेरिका लागेका छन् । सुरक्षण मुद्रणका कार्यकारी निर्देशक विकल पौडेल बिहीबार नै अमेरिका गएका हुन् ।स्वीस कम्पनीको एजेन्ट बताउने मिश्रलाई पौडेलले नै मन्त्री बाँस्कोटालाई भेटाएर कुरा गरेका थिए । यही प्रकरणमा मन्त्री बाँस्कोटाले बिहीबार राजिनामा दिइसकेका छन् । उनले १० दिनको बिदा लिएर अमेरिका गएका हुन् । उनीमाथि पनि यो प्रकरणमा छानबिन हुने भएको छ । आईटीका धेरै ठेक्कामा उनी संलग्न हुने गरेका छन् ।

राज्य कोषबाट करिब २७ अर्ब रुपैयाँ खर्च गरेर स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेसको ठेक्का सम्झौता पास गरिदिने भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ कमिसन माग गरेको प्रकरण अहिले चर्चामा छ ।सुरक्षण मुद्रण प्रेस उत्पादन तथा बिक्री गर्दै आएको स्वीजरल्याण्डको कम्पनी केबीए–नोटासिसका प्रतिनिधि विजयप्रकाश मिश्र र सञ्चारमन्त्री (निवर्तमान) गोकुल बाँस्कोटाबीच भएको कुराकानीको अडियो क्लिप अहिले चर्चामा छन् ।उक्त कुराकानीमा मन्त्री बाँस्कोटाले ७० करोड जति कमिसन मागेको विषय सुन्न सकिन्छ ।

उक्त प्रकरण बाहिरिए पछि मन्त्री बाँस्कोटाले बिहीबार पदबाट राजीनामा दिइसकेका छन् ।सरकारले ३ वर्ष अगाडिदेखि नै शुरु गरेको सुरक्षण मुद्रणको काम कमिसनकै चक्करमा अल्झिएर अगाडि बढ्न सकेको छैन । उनले अहिले चर्चामा रहेको प्रकरणसँग यसको कुनै साइनो नरहेको बतेका छन ।’

Related Articles

Back to top button